राष्ट्रिय जनमोर्चाको सन्धिखर्क स्थित नयाँ बसपार्क र इशाराटोलमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

श्याम घिमिरे 
सन्धिखर्क,   अर्घाखाँची । राष्ट्रिय जनमोर्चाको अक्टुवर क्रान्तिको शतवार्षिकि अभियान अन्तरगत  सन्धिखर्कको नयाँ बसपार्क र इशाराटोलमा संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।
रुसमा अक्टुवर क्रान्ति सफल भएर समाजवादी व्यवस्था स्थापना भएको ९९ वर्ष पुरा भई एक सय बर्षमा प्रबेश गरेको अवसरमा अक्टुवर क्रान्तिको शतवार्षिकि अभियानमा ब्यस्त रहेको राष्ट्रिय जनमोर्चाको एक टोलीले  सन्धिखर्कको नयाँ बसपार्क र इशाराटोलको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।  
भेलाले संगित पाण्डेको अध्यक्षतामा २५ सदस्यिय अखिल नेपाल बाल संघको गठन गरेको छ । नव गठित समितिको उपाध्यक्ष, सचिव, सह-सचिव र कोषाध्यक्षमा क्रमशः प्रवेश सेजवाल, स्वस्तिका खनाल, एम्बिसा ढकाल र सोमिता क्षेत्री चयन हुनुभएको छ ।
यस्तै समितिको सदस्यहरुमा संगिता पाण्डे, प्रतिक्षा पाण्डे, कुशल ढकाल, आदित्य क्षेत्री, रिया पन्थी, मदन थापा, प्रतिभा बन्जाडे, प्रसान्त बन्जाडे, बिर्सना के.सी., बर्षा के.सी., सन्देश बस्नेत, बिस्वास के.सी., सुमित जि.सी., बिदिसा खड्का, शुसल खरेल, दिपा पन्थी, क्रिशिखा ढकाल, रिया जि.सी. सुजता खनाल र दिपेश पराजुली रहनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सचिवालय सदस्य गोविन्द बि.सी., अ.ने.म.संघ जिल्ला अध्यक्ष कल्पना पोख्रेल र अखिल (छैठौं)का केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवरले सहजिकरण गर्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ । 
गत कार्तिक २२ गते देशभर एकैसाथ कार्यक्रमको उद्घाटन गरि राष्ट्रिय रुपमानै जन-जागरण अभियान संचालन गरिरहेको राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा पाँचवटा टोली परिचालन गरि अक्टोबर क्रान्तिको शतबार्षिकी अभियान मनाइरहेको छ ।

अन्य समाचारहरु