अर्घाखाँचीका सबै नगरपालिका र गाउँपालिकामा निर्वाचन अधिकृत नियुक्ति

Image result for अर्घाखाँची गाउँपालिका नगरपालिका
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अर्घाखाँची जिल्लामा मुख्य निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको छ । 
अर्घाखाँची जिल्ला अदालतका जिल्ला न्यायाधीश केशव प्रसाद बास्तोला सन्धिखर्क नगरपालिकाको मुख्य निर्वाचन अधिकृत पदमा नियुक्ति भएका छन् ।  शितागंगा नगरपालिकामा कार्यकारी अधिकृत पदमा तानसेन नगरपालिकाका पुष्कर भट्टराई नियुक्ति भएका छन् । भूमिकास्थान नगरपालिकामा यातयात व्यवस्था कार्यालय, लुम्बिनी सवारीका चेत प्रसाद उप्रेतीलाई उपसचिवमा नियुक्ति भएका छन् ।  
यस्तै छत्रदेव गाउँपालिकामा पुष्पराज शाही, पाणीनी गाउँपालिकामा जीवन ज्ञवाली र मालारानी गाउँपालिकामा डिल्ली शर्मा अर्याल नियुक्ति भएका छन् ।  
उनिहरुको निर्वाचन व्यवस्थापना तथा सन्चालन बिषयक क्षेत्रिय प्रशिक्षण पोखरामा यही चैत्र ३० र ३१ गते हुनेछ ।          
निर्वाचन अधिकृत पदमा चैत २५ गतेदेखि लागू हुने गरी नियुक्ति गर्ने निर्णय गरेको छ । 
वैशाख ३१ गते हुन लागेको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतले वैशाख ३ गतेसम्म र निर्वाचन अधिकृतहरुले वैशाख १२ गतेसम्म आफ्नो कार्यालय स्थापना गर्नुपर्नेछ।

अन्य समाचारहरु