अर्घाखाँचीका झबिन्द्र थापा मगरको आधुनिक गित मेरो जिउने आधार तिमी बजारमा
बैशाख १४ गते, २०७४ मा प्रकाशित
बाबु रोका मगर
आजकल बजार तथा हरेक अनलाइन मिडिया,युट्युबहरुमा नेपाली गितहरु दैनिक फरक-फरक शैलीमा आइरहेका छन यस्तै अर्घाखाँची निवासी नव गायक झबिन्द्र थापा मगरले नयाँ आधुनिक गित “मेरो जिउने आधार तिमी” भन्ने बोल रहेको मीठो गित दर्शक सामु ल्याएका छन।
आफ्नै स्वर,शब्द अनि संगित रहेको उक्त गितमा दिपक बस्नेत, मेघराज बस्नेत र झरना मगरको अभिनय रहेको छ गायक झबिन्द्र थापा मगरले अहिले सम्म पाँच ओटा गित दर्शक माझ ल्याइसकेका छन भने एउटा देशभक्ती गितमा चर्चित गायिका मेलिना राइ को साथमा आवाज र संगित दिएका छन सो गित अब हुन लागेको चुनाव पछि छिट्टै प्रदशर्न मा आउने र उक्त गित बाट उनलाइ अझै गित संगितमा थप उर्जा मिल्ने बताएका छन ।