सर्वोच्चको आदेशलगत्तै प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा

 सर्वोच्च अदालतको आदेशलगत्तै प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्केकी छन् ।
महाअभियोग प्रस्ताव स्थगन गर्दै प्रधानन्यायाधीशलाई काममा फर्कने सर्वोच्चको फैसलापछि कार्कीले साँझदेखि नियमित काममा फर्केकी हुन् । प्रधानन्यायाधीशले केही प्रशासनिक टिप्पणीमा सदर गर्ने र निर्णय गर्ने काम गर्नुभयो, सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले  भने, न्यायिक काम भने पर्सीदेखि गर्नुहुनेछ ।
प्रधानन्यायाधीशविरुद्ध वैशाख १७ गते कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । कान्तिपुरमा समाचार छ ।