सिन्दुरको मूल्य चुकाउन नविनले ईश्वरलाई बाध्य बनाए

एक धर्को सिन्दुर मागेकी थियौ
दुई हात जोडेर
प्रस्तुत पद्यांश नेपाली संगितका कला पारखी माझ लोकप्रीय गायक डिज राज पौडेलको स्वर एवं संगितमा राम कार्कीले संगित संयोजन गरेको एक धर्को सिन्दुर गितको अंश हो ।
भर्खरै मात्र म्युजिक नेपालबाट सार्वजनिक भएको उक्त गितको भिडियोमा शिव पंगेनिको निर्देशन एवं छायांकन रहेको छ । युनिक एल्बममा समावेश उक्त गितमा सानु तिवारीको शब्द रचना रहेको छ ।
परिवार अल्झिएको कुण्ठामा अधारित यस गितको भिडियोमा ईश्वर उप्रेती, सृष्टि खड्का र नविन खड्काले दम्दार अभिनय प्रस्तुत गरेका छन् । परिवारलाई असाध्यै माया गर्ने स्वभावका ईश्वरले सृष्टिलाई बाहिर पनि स्वतन्त्रता प्रदान गर्दा यस्तो परिस्थितिको सामना गर्नु पर्यो?