प्रसिद्ध गीतकार कुसुम गजमेर अब रहिनन् । उनको मुम्बईमा बिहीबार निधन भयो । कलेजोको समस्याबाट पीडित उनी ७२ वर्षकी थिइन् ।
चर्चित संगीतकार रञ्जित गजमेरकी श्रीमती उनी निर्देशक तुलसी घिमिरेकी सासु अर्थात् अभिनेत्री भारती गजमेरकी आमा थिइन् । कुसुमलाई चिनाउन यसरी उनको पारिवारिक साइनोहरूको सहारा भने लिइरहनु पर्दैन । उनले लेखेका गीतको बोल खुलाउनासाथ उनको सांगीतिक/साहित्यिक उचाइ थाहा पाइहालिन्छ । भुलिगए सम्झनालाई कुसुमे रुमाल…, मोहनी लाग्ला है…, पिरतीको मीठो तिर्सना…, यो बाटो कहाँ जाने…, तिम्रो मनमा लुकेको कुरा…, के सोचें मैले के भयो ऐले… जस्ता उनका थुप्रै गीत लोकप्रिय छन् ।
दशकौंअघि रचिएका भए पनि यी गीत अहिलेका युवा पुस्तामा पनि उत्तिकै चर्चित छन् । यद्यपि, यी कुसुमका शब्द हुन् भन्ने कमैलाई थाहा भयो । उनको देहावसानपछि भने सामाजिक सञ्जालभरि कुसुमे रुमाल… छाएको छ । रातो