नेपाली देशभक्त आवाजको सांगीतिक भिडियो आजबाट विश्वभर प्रदशर्न (फोटो, भिडियो सहित )
जेष्ठ २१ गते, २०७४ मा प्रकाशित
हरि रोका मगर/अर्जुन थापा
दिल्ली । नेपाली देशभक्त आवाज को प्रथम प्रस्तुति वीर नेपालीहरुलाइ एकजुट हुन आग्रह गर्दै निर्माण गरिएको सन्देशमुलुक सांगीतिक भिडियो कोशेली आज भारतको राजधानी दिल्ली मा सानो कार्यक्रम को आयोजना गरि नेपाली टिभी च्यानल र युट्युबमा प्रसारण गरिएको छ ।
दिल्लीमा कार्यरत नेपालीहरुको सामाजिक संस्था नेपाली देशभक्त आवाजले हरेक नेपालीहरुको पहिचान बनाउदै प्रवासमा नेपाली चेलीबेटी बेचबिखन,नेपालीहरु माथी हुने गरेका अन्याय अत्याचार विरुद्ध हल्ला बोल्ने र खेल साँस्कृतिक तथा प्रतिभाको खोजिमा अग्रसर रहेको सामाजिक संस्था हो । सामाजिक कामका साथै यसपटक सम्पुर्ण नेपालीहरुका माझ गित मार्फत देश निर्माणमा जुट्नको लागि आव्हान गर्दै देशभक्ति गितको भिडियो विभिन्न सन्चार द्दारा प्रस्तुत गरिएको छ।
यस भिडियोलाइ भारतीय गणतन्त्र दिवस यानी २६ जनवरी को दिन भारतको दिल्ली हरियाणामा पत्रकार तथा निर्देशक बाबु रोका मगरको सकृयतामा सम्पुर्ण देशभक्त आवाजका प्रतिनिधिहरुको सहयोगमा राष्ट्रिय झन्डा फर्फराउदै शुटिङ सम्पन्न गरिएको थियो । समयको अभावले भिडियो प्रदशर्न गर्न ढिला भएको संस्थापक तथा निर्देशक बाबु रोकाले बताएका छन्
गितको शब्द बाबु रोका मगर र पदम गाहा मगरले बनाएका हुन भने चर्चित गायिका मेलिना राई र गायक झबिन्द्र थापा मगरको जोशिलो आवाज रहेको छ साथमा प्रतिभा सापकोटा, दिपक सुनार भुवन सुनार चिनु घर्तिमगर र सम्झना मगररुले साथ दिएका छन संगीत पनि झबिन्द्र थापा मगरको रहेको छ |
संस्थाले सो गीतलाई गीतका गायक गायिका हरुको उपस्थितिमा राम्रो अनि ब्यबस्थित तरिकाले प्रस्तुत गर्ने तयारि गर्दा गर्दै पनि केहि समस्याको कारणले सोचेजस्तो कार्यक्रम गर्न नपाएकोमा देशभक्त आवाज परिवार सम्पूर्ण दर्शक श्रोताहरु संग माफी माग्दै भएका कमि कमजोरीहरु लाइ सुधार्ने मौका र सल्लाहा सुझाव को आग्रह गरेको छ |
दिल्लीमा काम गर्दै फुर्सदको समयमा कलाकारिता र पत्रकारिता गर्दै आएका बाबु रोका मगर द्दारा निर्देशन गरिएको पाँचौ भिडियो हो भने रोका द्दारा निर्देशित अरु दुइ ओटा भिडियो प्रदशर्न को तयारिमा रहेका छन् | कार्यक्रममा दिल्ली स्थित नेपाली सामाजिक संघ संगठन तथा पत्रकार प्रतिनिधिहरुको उपस्थिति रहेको थियो | सो कार्यक्रमको अध्यक्षता बाबु रोका मगरले गरेका थिए भने कार्यक्रम संचालन नबिन जोशी ले गरेका थिए |