बाँयाबाट क्रमश:- एमालेका तर्फबाट मेयर बसन्त श्रेष्ठ, कांग्रेसका तर्फबाट मेयर सुर्य प्रसाद अधिकारी र माओवादी केन्द्रका मेयर टिका रेस्मी ।
अराज सिहं बेल्बासे
शितगंगा, अर्घाखाँची । स्थानिय चुनाव नजिकदै गर्दा अर्घाखाँचीमा चुनावी सरगर्मी बढदै गएको छ । दोस्रो चरणमा असार ९ गते हुन लागेको स्थानिय चुनावमा अर्घाखाचींमा बिभिन्न राजनितिक दल हरुको जित आफनो पक्षमा पार्न दौडधुम भैइरहेको क्षेत्रफलको हिसाबले देशको ठुलो मानिएको शितगंगा नगरपालिकामा अहिले राजनितिक दल हरुलाइ भ्याएनभ्यायी छ ।
निवार्चान आयोगले चुनाब प्रचार प्रसार बिहान ८ बजे देखि साझं ५ बजे सम्म पर्ने भने पनि ठुलो आवाजको माइङकिङ सहित राती सम्म चुनावी प्रचार प्रसार भैइरहेको छ । शितगंगा नगरपालिकामा नेपाली काग्रेश नेकपा एमाले ,माओवादी केन्द्रले लगभग उमेद्दारको टेङगो लगाइसकेका छन र भोट माग्दै हरेक गाउंमा जाने क्रम बढदै गएको छ । पुर्व ठाडा गाबिसका अध्यक्ष समेत रहेका नेकपा एकालेमा शितगंगा नगरपालिकाका मेयरका उमेद्दार बसन्त श्रेष्ठ लाइ घर दैलो गर्दैमा फुर्सद छैन ।
एमालेको तर्फ बाट मेयरको भोट माग्दै हिडेका बसन्त श्रेष्ठले सम्र्पुण क्षेत्रमा खानेपानी र बिद्युत पुराउने बाटो हरुको स्तरउन्नती गर्ने शितगंगाको बिकासको लागी हरेकपल लागी पर्ने भन्दै चुनावमा होमिएका छन । अशिक्षित समुदायलाइ शिक्षामा अग्रसर गराउने तथा शिबराज नगरपालिकालाइ नमुना नगर बनाउने प्रयटकिय स्थलहरुको प्रचार प्रसार र प्रर्यटक वृद्धि गर्ने योजना हरु ल्याउने स्थानिय स्रोत साधनको प्रयोग बढाउने र स्थानिय स्थरमा रोजगारी बढाउने हरेक खोला हरुमा झोलङगेपुल निर्माण कृषि क्षेत्रमा लगानी कृषि अनुदान कृषकको मनबल बढाउने खालका कार्यक्रम हरु सिचाइमा जोड हरेक वडा हरुमा स्वास्थ चौकीं बाट टाडा भएका स्थानमा अस्थाइ स्वास्थ चौकीं जस्ता योजनाका साथ चुनावमा होमिएका छन ।
यस्तै काग्रेशका मेयर उमेद्दार सुर्य प्रसाद अधिकारीले पनि बिभिन्न योजनाको साथ चुनाबी माहोलमा होमिएका छन बिकासउन्मुख शितगंगा बनाउने उदेश्यका साथ आफु चुनावमा होमिएको र आफु बिजयी भएमा नगरपालिका लाइ नमुना नगरपालिका बनाउने राजनितिक चेतना बढाउने पुर्वधार बिकासमा जोड दिने दलित तथा अन्य गरिव परिवार हरुको उत्थान गर्ने र जनताको चाहनाको आधारमा काम गर्ने नगरपालिकाको मापडण्ड पुराउने शिक्षाको क्षेत्रमा लगानी गर्ने जस्ता योजनाको साथ चुनावी मैदानमा आएका छन ।
यसै गरि माओवादी केन्द्रका मेयरका उमेद्दार टिका रेस्मीले स्थानिय स्तरमा रोजगारी सिर्जना गरि युवा पलायन रोकने शिक्षा स्वास्थ , खानेपानी जस्ता पुर्वाधार हरुलाइ पहिलो प्राथमिक्ता दिने समृद्ध नगरपालिका बनाउने जस्ता योजनाका साथ चुनावी माहोलमा होमिएका छन । बिगतको चुनाव हेर्दा शितगंगा नगरपालिकामा एमाले पहिलो काग्रेश दोस्रो माओवादी केन्द्र्र तेस्रो पाटी रहेका थियो । अहिले देशै भरको चुनावी माहोल र लोकपृयताको आधारमा कस्ले जित हासिल गर्छ भन्ने यसै भन्न सक्ने स्थिती छैन । पछिल्लो समय जनता हरु पाटीगत आस्था भन्दा काम र राम्रो योजना बोकेका उमेद्दार हरु लाइ भोट दिने गर्दछन त्यसैले पनि चुनावी नतिजा जनताले सोचेकै जस्तो हुनु पर्छ जनता बाट चुनिएर गएका प्रतिनिधीले जनताको मन जित्ने गरि काम गर्छन या गर्दौन्न त्यो हेर्न बाकीं छ ।