घनश्याम पौडेल हिन्दू
सन्धिखर्क, अर्घाखाँची २३ ज्येष्ठ । पछिल्लो समयमा दैनिक वर्षा भएसँगै उम्मेदवारलाई प्रचारप्रचार गर्न गार्हो परेको उम्मेदवारले बताएका छन । गर्मी हुदाँ गर्मी हुने पानी आउदाँ बाटो चिप्लो हुने, के गर्ने समय कम छ जसरी पनी चुनावी प्रचारप्रसारमा लाग्नु पर्यो मालारानी गाउँपालिका ७ वडाका माओवादी केन्द्रका अध्यक्ष लक्ष्मण खड्काले बताए ।
केहि घरहरुमा घरदैलो गर्न बाकी थियो लगातार पानी आईरहदाँ घरदैलो गर्न गार्हो भईरहेको छ, केहि दिन चुनाव पछी जादाँ प्रचारप्रसार गर्न समय पुगेको थियो तर पानीले डिस्टव ग-यो खड्काले भने ।
सितगंगा नगरपालीका कांग्रेसका मेयरका उम्मेदवार सुर्यप्रसाद अधिकारीले पनी घरदैलोको अभियानमा थियौ पानीले डिस्टव गरिरहेको छ, गाडी नजाने ठाउँमा हिडेर जानुपर्छ बाटो चिप्लो छ, पानी आईरहदाँ समय दिनप्रतिदिन घटिरहेको छ अधिकारीले भने ।
जिल्लाको सितगंगा नगरपालीकाका धेरैजसो वडाहरु विकट क्षेत्रमा पर्छन । जिल्लाका सवै नगर र गाउँपालिकाको वडाहरुमा मोटरबाटो पुगेपनी सदरमुकाम सन्धिखर्क बाहेक अन्य ठाउँमा जान पानी आईरहदाँ बाटो चिप्लीने हुदाँ उम्मेदवारलाई गाडी लिएर प्रचार गर्न गाहे भईरहेको छ ।
राजनितिक दलका उम्मेदवारका पर्चा, पम्पलेट, झण्डा राखिएका गाडिहरु सदरमुकाम सन्धिखर्कमा नै देखिन्छन । केहि उम्मेदवारहरु पनी सन्धिखर्कमा नै छन ।