अर्घाखाँचीमा ६ जनाले शिक्षक पेशा छोडेर निर्वाचनमा भिड्दै

 घनश्याम पौडेल  हिन्दू
सन्धिखर्क, अर्घाखाँची २३ ज्येष्ठ । स्थानीय निर्वाचनमा चुनाव लडन सरकारी जागिर छोड्नेहरुको लहर नै चलेको छ । चुनाब लड्ने मनसायले सरकारी जागिर छोड्नेहरुमध्ये जिल्लामा शिक्षकहरुको संख्या धेरै छ । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका  जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउँत क्षेत्रीका अनुसार अहिलेसम्म ६ जनाले राजिनामा दिईसकेका छन ।
जिल्लाको पाणिनी गाउँपालिकामा कांग्रेस र एमालेबाट उपाध्यक्षका उम्मेदवार दुवैले राजिनामा दिएर चुनावी मैदानमा होमिएका हुन ।
कांग्रेसबाट अम्बिका पोख्रेल र एमालेबाट लक्ष्मी गौतमले राजिनामा दिई एउटै पदमा दुवै महिला चुनावी मैदानमा होमिएका हुन । पोख्रेलले नेपाल राष्ट्रिय मावी पणेना र गौतमले फर्सबाटाकुरा मावि खिदिममा अध्यापन गराउदै आएका थिए ।
कांग्रेसकी उम्मेदवार पोखरेलले भनिन ७ वर्ष अस्थायी र २२ वर्ष स्थायी जागिर खाएर विद्यार्थीलाई शिक्षा दिए, हाम्रो परिवार राजनितिक संस्कार भएको हो, त्यसैले सधैभरी पुरुषले मात्र भन्दा पनी महिलाले पनी महिलाको भावना बुझी महिला दिदिबहीनी हरुसँग हातेमालो गरी समाजसेवा गर्ने उद्देश्यले चुनावी मैदानमा होमिएको बताईन ।
एमालेकी उम्मेदवार गौतमले भनिन दिदिबहिनीहरु सँग हातेमालो गरेर समाजसेवा गर्ने इच्छा लाग्यो, चुनावी मैदानमा होमिए, तिव्र चुनावी प्रचारमा छौ ।  पाणिनी गाउँपालिकामा कांग्रेस र एमालेकै प्रतिष्पर्धा हुने देखिन्छ । गत चुनाव अनुसार झिनो मतले कांग्रेस अगाडी छ । दुई महिलामध्ये एक जनाले जित्ने निश्चित छ, अरु पार्टी सोहि गाउँपालिकामा कमजोर छन, जसमा एक जनाले जितेपनी एक जनाको जागिर जाने निश्चित छ ।
भुमिकाथान नगरपालीकामा पनी नेकपा एमालेबाट उपमेयरमा सुनिता बेल्वासे उम्मेदवारी बनेकी छन । उनी गंगा आधारभुत विद्यालय चुत्रावेशीमा अध्यापन गराउदै आएकी थिईन ।
त्यस्तै जनता मावी किमडाडाँका प्रध्यानाध्यापक ईश्वरी प्रसाद भुसालले पनी राजिनामा दिई चुनावमा होमिएका छन, उनी सन्धिखर्क नगरपालीका ८ किमडाडाँमा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेका छन ।
त्यस्तै सितगंगा नगरपालीका वडा नम्बर एकमा नेकपा एमालेबाट वडा अध्यक्षमा बुद्धिकृष्ण पौडेल उम्मेदवार बनेका छन । उनी मन्द्रे मावि सुर्वणखालमा अध्यापन गराउदै आएका थिए ।
मालारानी गाउँपालीका वडा नम्बर ९ मा माओवादी केन्द्रबाट फनबहादुर पुन उम्मेदवारी बनेका छन । पुनले सुर्य मावि गोखुङ्गामा अध्यापन गराउदै आएका थिए ।

अन्य समाचारहरु