सोमबार ईदको अवसरमा सार्वजनिक बिदा

सरकारले इस्लाम समुदायको पर्व ईद ( इद उल-फित्र)को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल राजपत्र संख्या ५१, खण्ड ६५ भाग ५ मा मिति २०७३ चैत १५ गते प्रकाशित सूचना अनुसार  इस्लाम धर्मावलम्वीहरुको पर्व ईद (इद उल-फित्र)का दिन विदा दिने  भनी उल्लेख भएकोमा सो पर्व यही असार १२ गते सोमबार पर्ने भएकोले उक्त दिन नेपालभर सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । (रासस)