दोलखामा ८७ मेगावाट क्षमताको तामाकोशी-५ जलविद्युत् आयोजनाको निर्माण शुरु गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले तामाकोशी जलविद्युत् कम्पनी खडा गरी केही हप्ताअघिदेखि ८७ मेगावाट क्षमताको तामाकोशी-५ जलविद्युत् आयोजनाको निर्माण थालेको हो । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत गृहमा प्रयोग भई टेलरेसबाट निस्केको पानीलाई लामाबगरको जगतबाट भूमिगत सुरुङमार्फत सुरीदोभान नजिक अर्को भूमिगत विद्युत गृह बनाइने छ, जहाँबाट ८७ मेगावाट विद्युत उत्पादन गरिने आयोजना प्रमुख नसिव प्रधानले जानकारी दिए ।
आयोजना करिब १३ अर्ब लागतमा बन्ने जनाइएको छ । प्रतियुनिट विद्युत् उत्पादन लागतको हिसाबले तामाकोशी-५ लाई पनि सस्तो मानिएको छ ।
बाँध निर्माण नगरी तथा न्यून प्राकृतिक क्षतिमा आयोजनाको सबै संरचना भूमिगत निर्माण हुने भएकाले तामाकोशी-५ सस्तोमा बन्ने आयोजना सम्बद्ध कर्मचारीहरु बताउँछन् । आयोजना विस्तृत प्रतिवेदन अनुसार २५ मेगावाट क्षमताको ४ वटा युनिट जडान गरिने छ । इमेजखबरमा समाचार छ ।