मधुसुधन पाण्डे
छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको जनताको सेवा गर्ने उद्देश्यले निजि स्कुलको जागिरबाट राजिनामा दिई नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी मनि पन्थी मनिषाको सपना अधुरो भएको छ ।
जित्छु भन्ने सपना बोकेर उनले उम्मेदवार बनेकी पन्थीले अर्जुन बोर्डिङ तम्घासमा अध्धायापन गराउदै आएकी मनिषा नेपाली कांग्रेसकी उपाध्यक्ष ुल्सादेवि श्रेष्ठसँग १५०० मतान्नतरले पराजित भईन ।
चुनावी मैदानमा श्रेष्ठसग पराजित भएपछि मनिषाले भनिन् अब आफ्नो सपना साकार नभएपनि आफू समाजमै बसेर समाजसेवा गर्छु । म पराजित भएपनि आफुलाई पार्टीले उचित स्थान दिने विश्वास गरिन । उनका श्रीमान् शिक्षक पेसामा आबद्ध हुनुहुन्छ । उनका १ छोरा र २ छोरी रहेका छन् ।