भुमिकास्थान नगरपालिकामा शिक्षक पेशा छोडेर उपमेयर बन्ने सुनिताको सपना पुरा भएन

भुमिकास्थान नगरपालिकामा पराजित नेकपा एमालेको उपमेयर पदका उम्मेदवार सुनिता भुसाल वार्डहरूको बिजय रयालीमा सहभागी हुदै ।

घनश्याम पौडेल हिन्दुखबर
भुमिकास्थान, अर्घाखाँची । भुमिकास्थान नगरपालिकाको उपप्रमुख बनी जनताको सेवामा लाग्ने गरी शिक्षक पदबाट राजिनामा दिई नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता बेल्वासेको सपना पुरा हुन सकेन । गंगा निमावि चुत्रावेशीमा अध्यापन गराउदै आएकी बेल्वासे नेपाली कांग्रेसका खडानन्द बेल्वासे सँग पराजित भईन । बेल्वासेले २३ वर्ष १ महिनाजागिर गरी राजिनामा दिएर चुनावी मैदानमा आएकी बेल्वासे प्रावि द्धितिय तहमा अध्यापन गराएकी थिईन । उनको मासिक तलब स्केल २३ हजार ५०० तथा ग्रेड सहित मासिक ३० हजार तलब आउथ्यो उनले भनिन ।
चुनावी मैदानबाट पराजित भएपनी बेल्वासेले भनीन अव पदमा नबसेपनी समाज सेवा गर्ने बताईन । उनले विश्वास गरिन पार्टीले उचित स्थान दिन्छ । उनी नेकपा एमालेको जिल्ला कमिटी सदस्य भई काम गरेकी थिईन । भुमिकास्थान नगरपालिकामा कांग्रेस माओवादी तालमेल विजयी भयो, यद्यपी तालमेल नभएको भए भुमिकाथानको प्रमुखमा जनमोर्चाका कविराम खनालले जित्ने रैछन, उनी व्यक्तिगत छवि भएका थिए, उनीसँँग गठबन्धबाट प्रमुख रेशम थापासँग पराजय भए । उपप्रमुखमा भने नेकपा एमालेले जित्ने रहेछ, कांग्रेसका खडानन्द बेल्वासे सँग एमालेकी बेल्वासे पराजित भईन । भुमिकास्थानमा एमाले र जनमोर्चा बलिया शक्तिथिए, तर तालमेलले परिणाम उल्टीयो ।
पाणिनी गाउँपालिकाको अध्यक्ष जितेको कांग्रेसको उपाध्यक्षमा पराजय भयो । उपाध्यक्षमा ७ वर्ष अस्थायी र २२ वर्ष स्थायी जागिर खाएकी कांग्रेसकी अम्बिका पोख्रेल एमालेकी लक्ष्मी गौतम सँग पराजय भईन ।
नेपाल राष्ट्रिय मावि पणेनामा प्रावि द्धितिय तहमा अध्यापन गराउदै आएकी पोख्रेलले अव राजनिति मार्फत समाज सेवा गर्ने बताईन । मासिक ग्रेड सहित तिस हजार तलब आउथ्यो उनले भनिन । उनले पार्टीको हितका लागी जतिबेला पनी खटिरहेने बताईन ।
शिक्षकबाट राजिनामा दिएका सफल उम्मेदवार
पाणिनी गाउँपालिका वडा नम्बर ३ खिदिमकी लक्ष्मी गौतम पनी शिक्षक पदबाट राजिनामा दिई चुनावी मैदानमा थिईन, उनी झिनो मतअन्तरले विजयी भईन । चुनावमा विजयी भएसँगै गौतमले अव पाणिनीको विकासका लागी खट्ने बताईन, उनले सधैभरी पुरुषले मात्र भन्दापनी महिलाले पनी महिलाको भावना बुझी महिला दिदिबहीनी हरुसँग हातेमालो गरी समाज सेवा गर्ने बताईन ।
शिक्षकबाट राजिनामा दिएका जनता मावी किमडाडाँका प्रध्यानाध्यापक ईश्वरी प्रसाद भुसाल भने नेकपा एमालेबाट सन्धिखर्क नगरपालिका वडा नम्बर ८ बाट अध्यक्षमा विजयी भएका छन, उनी अहिलेसम्म शिक्षा दिएका अव जनताको सेवागर्न शिक्षक पद छोडी आए ।
त्यस्तै सितगंगा नगरपालीका वडा नम्बर एकमा नेकपा एमालेबाट वडा अध्यक्षमा बुद्धिकृष्ण पौडेल उम्मेदवार बनेका पौडेल पनी झिनो मतले विजयी भए । मालारानी गाउँपालीका वडा नम्बर ९ बाट माओवादी केन्द्रबाट उम्मेदवार बनेका फनबहादुर पुन पनी विजयी भए । पुनले सुर्य मावि गोखुङ्गामा अध्यापन गराउदै आएका थिए ।
बैंकको म्यानेजर छोडी कान्छो वार्ड अध्यक्ष
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ६ बाट २९ वर्षिय कमल पौडेल कांग्रेसबाट वार्ड अध्यक्षमा विजयी भए । पौडेलले नेपाली कांग्रेसको भातृ संघसंगठन नेबिसंघको राजनिति गरेका थिए । उनी भृकुटी डेभलपमेन्ट बैंकको सन्धिखर्क शाखाको सहायक पदमा काम गर्दै एक बर्षकै अबधिमा बैंकको शाखा प्रबन्धकको रुपमा काम गर्ने जिम्मेवारी प्रदान गरे । ७ बर्ष निरन्तर रूपमा भृकुटी डेभलपमेन्ट बैंक हुँदै एनएमबि बैंकको शाखा प्रबन्धककाृे रुपमा जिम्मेवारी सम्हाल्दा सम्हाल्दै उनले बैकको जागिर छोडी स्थानिय तहको चुनावमा वार्ड अध्यक्षमा विजयी भए ।
जनस्वाथ्य अधिकृत हुदै वार्ड अध्यक्ष
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ३ बाट लिला गौतम वार्ड अध्यक्षमा विजयी भए । उनी जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीमा जनस्वास्थ्य अधिकृत भई काम गरेका गौतम नेपाली कांग्रेसले टिकट दिई सनपा ३ को वार्ड अध्यक्ष भए । सनपा तिन कांग्रेसको कमजोर क्षेत्र थियो, तर उनी व्यक्तिगत छविका कारण विजयी भए । 

अन्य समाचारहरु