इटहरी उपमहानगरपालिकामा एमाले विजयी

इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६८९ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २१ हजार ८४२ मत प्राप्त गरी विजयी भएकी छन् ।
चौधरीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रोहित प्रसाइँले १९ हजार ९८५ मत प्राप्त गरेका छन् ।
सोही पार्टीका उपप्रमुखका उम्मेदवार विमला ढकालले १८ हजार ३५२ मत प्राप्त गरेकी छन् ।
२० ओटा वडा रहेको इटहरी उपमहानगरपालिकाका वडा न-१, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र २० मा कांग्रेसले जित हात पारेको छ ।
त्यसैगरी, एमालेले वडा नम्बर-२, ४, ५, ९, १३, १४, १८ र १९ मा जितेको छ । वडा नम्बर–१० मा भने नेपाल लोकतान्त्रिक फोरमले जितेको छ ।
इटहरी उपमहानगरपालिकाको कुल मतदाता ७७ हजार ७९७ मध्ये ५७ हजार ३८९ ले मतदान गरेका थिए । रासस
इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६८९ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २१ हजार ८४२ मत प्राप्त गरी विजयी भएकी छन् । चौधरीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रोहित प्रसाइँले १९ हजार ९८५ मत प्राप्त गरेका छन् । सोही पार्टीका उपप्रमुखका उम्मेदवार विमला ढकालले १८ हजार ३५२ मत प्राप्त गरेकी छन् । २० ओटा वडा रहेको इटहरी उपमहानगरपालिकाका वडा न-१, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र २० मा कांग्रेसले जित हात पारेको छ । त्यसैगरी, एमालेले वडा नम्बर-२, ४, ५, ९, १३, १४, १८ र १९ मा जितेको छ । वडा नम्बर-१० मा भने नेपाल लोकतान्त्रिक फोरमले जितेको छ । इटहरी उपमहानगरपालिकाको कुल मतदाता ७७ हजार ७९७ मध्ये ५७ हजार ३८९ ले मतदान गरेका थिए । रासस