अर्घाखाँचीका घनश्याम खनालको “बरु एकछाक खान्छु म – नेपालतिरै जान्छु म” म्युजिक एल्बम सार्वजनिक
आषाढ़ ३० गते, २०७४ मा प्रकाशित
युएई ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ निबासी घनश्याम खनालको “बरु एकछाक खान्छु म, नेपालतिरै जान्छु म” म्युजिक एल्बम सार्वजनिक भएको छ ।
“बरु एकछाक खान्छु म, नेपालतिरै जान्छु म” एल्बममा गीत रचना, संगीत स्वर घनश्याम खनालको रहेको छ ।
सानै देखि स्थानिय स्तरमा गित गाउदै आएका खनालले यसै गीत मार्फत साङ्गितिक यात्रा सुरु गरेका छन् । अब भने निरन्तर यस क्षेत्रमा लागिरहने जानकारी दिए ।
रोजगारीको सिलसिलामा युएईमा रहँदै आएका खनालको यस एल्बमलाई सबैले मन पराईदिने छन् ।