चर्चा विवाहको

      

निर्माता छवि ओझा तथा नायिका
शिल्पा पोखरेलको विवाह हुन लागेको चर्चा बेला
बेलामा चलिरहन्छ ।


हुन त छवि
र शिल्पाको विवाहको चर्चा पहिले पनि भएको हो
, त्यतिबेला उक्त हल्ला फिल्मको पब्लिसिटीका लागि
मात्र चलाइएको चर्चा चलेको थियो तर अहिले भने छवि र शिल्पा पोखरेलको विवाह पक्का
पक्की भएको बताइँदैछ ।


निर्माता ओझाले निर्माण गरेका पछिल्ला सबै चलचित्रमा शिल्पा पोखरेलले नायिकाका
रूपमा अभिनय गरेकी छिन् ।

शिल्पा पोखरेलको चलचित्रमा
प्रवेश भने सानो पर्दाबाट भएको थियो । विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी
शिल्पा पोखरेलले टेलिचलचित्र घरभेटी बाबाट चर्चा पाएकी थिइन् ।


टेलिचलचित्र तथा
म्युजिक भिडियोमा अभिनय गर्दागर्दै निर्माता छवि ओझाको क्याम्पमा छिरेकी शिल्पा पहिलोपल्ट
छवि ओझाले निर्माण गरेको चलचित्र लज्जामा अभिनय गरी चलचित्रमा प्रवेश गरेकी हुन् ।
भनिन्छ
, अहिले उनीहरू ज्योतिषिले
तत्काल विवाह गर्ने साइत नजुरेकाले विवाह गर्न मिल्दैन भनेकाले मात्र रोकिएका हुन्
 

 

 

कान्तिपुर साप्ताहिक