अहिले सर्वाधिक चर्चामा रहेको
चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनाएको छ । भदौ २३ गतेबाट अल
नेपाल रिलिजको तयारीमा रहेको यो फिल्मको गीतले युट्युबमा १ करोड भ्युज नाघेको
। गत असार ३१ गते शनिबारको दिन बिहानै यो गीतले करोड भ्युज कटाएर
सबैभन्दा कम समयमा नै १ करोड भ्युज पाउने पहिलो नेपाली भिडियो बनेको छ । यो गीतले
४९ दिनमा नै १ करोडभन्दा बढी भ्युज पाएको हो ।
गीतले यति धेरै भ्युज पाउनु
खुशीको कुरा भएको फिल्मका निर्देशक श्री असिम शाहको भनाई छ । झन गीत सार्वजनिक
भएको ५० दिन पनि नकट्दै यति धेरै भ्युज पाएकोमा उनले दर्शक तथा प्रशंसकलाई धन्यवाद
दिएका छन् । चलचित्रले पनि यसरी नै रेकर्ड बनाउँनेमा उनी ढुक्क देखिएका छन्
।
कान्तिपुर साप्ताहिक
कुटुमा कुटु सुपारी दानाको
भिडियो :



