अर्घाखाँचीका चर्चित गायक जोडी तिलक बेल्वासे र रुक्मिणा घिमिरेको तिजको कोशेली “चिनिन मैले त” सार्वजनिक
श्रावण ९ गते, २०७४ मा प्रकाशित
दिपक भुसाल
काठमाडौं ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीका चर्चित लोक गायक तिलक बेल्वासे र उनकी जिवन संगिनी लोक गायिका रुक्मिणा घिमिरेको पाँचौ गिति संग्रह तिजको कोशेली “चिनिन मैले त” सार्बजनिक भएको छ।
बसन्त म्युजिक प्रालिले २०७४ सालको तिजको शुभकामना सहित नयाँ तिज गीत चिनिन मैलेत सार्बजनिक गरेको हो ।
यस गीतमा अर्घाखाँची घर भई कलाकारिता क्षेत्रमा लागि रहेका चर्चित लोक गायक बेल्बासेको शब्द संकलन रहेको छ । यस्तै स्वर उनकी जिवन संगिनी चर्चित लोक गायिका रुक्मिणा घिमिरेको रहेको छ ।
साथै गितको निर्देशन विक्रम चौहान गरेका छन भने सम्पादन मिलन विकले गरका छन् । यसका साथै अभिनय बिमल अधिकारी र अन्जली अधिकारीले गरेका छन् ।
पछिल्लो समयमा तीज गितमा देखिएका बिकृति र बिसंगतीको अन्त्य गर्न तीज गित बजारमा ल्याएको उनिहरुले बताएका छन् ।