छत्रदेवका पौडेलले प्रेमिकाले धोका दिएपछी यसरी फोडे टाउको (हेर्नुस भिडियोमा)
श्रावण ११ गते, २०७४ मा प्रकाशित
पशुपती श्रेष्ठ
सन्धिखर्क, अर्घाखाँची साउन ११ (अर्घाखाँची डटकम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ५ छत्रगञ्जका नव कलाकार शब्द संकलक तथा मोडल बालकृष्ण पौडेलले ‘हास्छु भन्थे जिन्दगीमा ” भन्ने बोलको आधुनिक गजल म्युजिक भिडियो बजारमा ल्याएका छन ।
सुमित्रा सुमिको शब्द र सन्तोष रुचालको लय रहेको उक्त म्युजिक भिडियोको निर्देशन बिवस थापाको रहेको छ भने म्युजिक भिडियो केहि दिन पहिले मात्र बजारमा आएको हो ।
आधा दर्जन भन्दा धेरै शब्द संकलन र मोडलिङ गरिएका गितहरु बजारमा ल्याएका पौडेलले यस म्युजिक भिडियोमा भने शब्द संकलक सुमित्रा सुमि र अभिषेक गुरुङले साथ दिएका छन । बुढा म्युजिक प्रालीले बजार व्यवस्थापन गरेकोको उक्त म्युजिक भिडियोमा पौडेललाइ अर्घाखाँची डटकमले जिज्ञासा राख्दै टाउको किन फोर्ड्नु भएको भन्ने प्रश्नमा पौडेलले हास्दै प्रेमिकाले धोका दिएको भन्दै छोटो उत्तर दिएका छन ।