अर्घाखाँचीमा जन्मेका चर्चित एरेन्जर कमल सौरागले छाया छबी तीज अवार्ड हात पारे

यूवराज थापा 
  
छाया छबी तीज अवार्ड २०७४ को उत्कृष्ट मौलिक तीज गीत एरेन्जरमा चर्चित एरेन्जर कमल सौरागले अवार्ड हात पारेका छन।   गीतबाट अवार्ड हात पारेका सौरागले यस अगाडी पनि धेरै अवार्डहरु हात पारिसकेका छन । करोडौको मन जितेका गायक सौराग पछिल्लो पटक एरेन्जरमा सबै भन्दा सफल एरेन्जरको रुपमा हेर्न थालिएको छ ।
आवाज  ,अभिनय र लय शब्द दिएका सौरागले यो अवार्ड हात पर्दा अझ आफुले गरेको एरेन्जको सहि मुल्यांकन भएको र थप जिम्मेवारी थपिएको भन्दै आगामी दिनमा अझ मिठो गीतहरुमा एरेन्जरको भूमिका खेली उत्कृष्ट एरेन्ज गर्ने प्रतिबद्धता गरेका छन ।