कपिलवस्तुको शिवगढीमा खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु

कमल बिष्ट
कपिलवस्तु । स्थानिय पर्यटकीय क्षेत्रको बिकास र प्रबर्द्धनको उद्देश्य लिएर कपिलवस्तुको शिवगढीमा यहि भाद्र ३० गते देखि खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु भएको छ ।
“विजयदशमि तथा शुभलिपावलि सवैमा हाम्रो शुभकामना,एतिहासिक तथा धार्मिक स्थल शिवगढी लाई पर्यटकिय क्षेत्र वनाउने हाम्रो चाहाना” भन्ने नारा सहित आयोजित प्रतियोगितामा १९ टिम सहभागी भएको बिक्रम केसि ले जनकारी दिनुभएको छ ।
स्थानीय गोल्डेन स्टार युवा क्लवको आयोजनामा भएको उक्त खेलको वडा सचिब प्रेम वलिले उद्धघाटन गर्नुभएको थियो कार्यक्रममा बोल्दै वलिले खेल युवाको लागि आवश्यक रहेको वताउदै युवा आफै सक्रिय भएर प्रतियोगिता आयोजना गरेकोमा खुसि व्यक्त गर्नुभएको थियो । उहाले  शिवगढी आफैमा एक पर्यटकिय स्थल रहेको भएपनि प्रचार प्रचारको अभावले ओझेलमा परेको वताउनुभयो । यस्ता खेलले प्रचार प्रचारमा महत्वपुर्ण भुमिका खेल्ने समेत बिश्वास ब्यक्त गर्नुभएको थियो । 
प्रतियोगिता ग्रामिण स्तरमा आयोजना गरिएको भएपनि प्रबिधिको प्रयोग गरि संचालन गरिएको छ । यसक्षेत्रमा पर्ने शिवगढी मन्दिर देश बिदेशमा समेत चर्चित छ उक्त मन्दिरमा शिवरात्रीको समयमा नेपाल तथा भारत बाट समेत हजारौको संख्यामा भक्तजनहरु दर्शनको लागि आउने गर्दछन ।