एमाले अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न, सि.आइ.जि. अध्यक्ष मुक्तिनाथ भुसाल एमालेमा प्रबेश

कमल विष्ट
सन्धिखर्क, अर्घाखाँची असोज-६ । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको सचिवालयको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै मदन आश्रीत भवन सन्धिखर्कमा सम्पन्न भएको छ ।
बैठकले प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी अर्घाखाँची क्षेत्र नम्बर १ को संयोजक दलबहादुर भट्टराई र २ को संयोजक बुद्धि भुसाल लाई तोकेको छ उक्त कमिटिमा सम्बन्धित क्षेत्र भित्रका गाउँ तथा नगरपालिका संगठन कमिटिका सचिवालय सदस्यहरू सदस्य रहने निर्णय गरेको छ ।
बैठकले भुमिकास्थान नगर संगठन कमिटीको संयोजक पदमा पार्टी जिल्ला सचिवालय सदस्य खगेश्वर पन्थी लाई तोकेको छ भने युवा संघको इन्चार्जको जिम्मेवारी  लिलबहादुर बिक लाई दिने निर्णय गरेको छ ।
त्यस्तै दशै तिहारको शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रम आयोजना गर्न वडा / गाउँ तथा नगरपालिका कमिटी हरुलाइ निर्देशन गरेको छ भने ६ वटै पालिका स्तरमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ जस अनुसार क्षत्रदेव गाउँपालिकामा २० गते, मालारानी गाउपलिकामा- २१ गते, भुमिकास्थान नगरपालिकामा-२२ गते, सन्धिखर्क नगरपालिकामा-२३ गते, पाणिनी गाउपालिकामा-२४ गते र शितगङ्गा नगरपालिकामा-२५ गते गर्ने जनाएको छ ।
उक्त बैठकमा सुचना तथा सुशासन अभियान सि.आइ.जि. का अभियान्ता तथा पत्रकार मुक्तिनाथ भुसाल लाई जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले टीका तथा खादा ओढाएर पार्टिमा स्वागत गर्दै प्रवेश गराउनु भएको थियो ।
कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता, नेकपा एमाले प्रदेश नम्बर ५ संगठन कमिटी सदस्यहरु रामजि घिमिरे, नरेन्द्रकुमार क्षेत्री, पिताम्बर भुसाल, पुर्ब राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कुटमदिन अलि, पार्टी केन्द्रिय स्कुल बिभाग सदस्य बुद्धिबहादुर रायमाझी लगायतको आतिथ्यता रहेको थियो कार्यक्रम नेकपा एमाले जिल्ला कमिटि सचिब रामबहादुर चौहानको संचालनमा सम्पन्न भएको थियो ।