अर्घाखाँचीडट्कम संवाददाता
धारापानी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । भुमिकास्थान नगरपालिका वार्ड नं ४ धारापानी ( साविक वडा नं १ देखि ५) मा वार्ड अध्यक्ष बाबुराम सुनारकाे अध्यक्ष्यतामा वार्ड स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्य दल र अनुगमन समिति गठन भएको छ ।
भुमिकास्थान नगरपालिका वडा नं ४ मा पुर्ण सरसफाइ अभियानलाई नेतृत्व गर्न वार्डका अध्यक्ष बाबुराम पन्थी सुनारकाे अध्यक्ष रहने, वार्ड सचिव सदस्य सचिव रहने, निर्वाचित वडा सदस्यहरू सदस्य रहने र अन्य विभिन्न सराेकारवाला निकाय तथा समाजसेवीहरू सदस्य रहने गरी २९ जनाकाे वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन भएको हो ।
त्यसगरी वार्ड अध्यक्ष बाबुराम पन्थी सुनार संयाेजक भएको ५ सदस्यीय कार्य दल र वार्ड सदस्य झबिलाल थापा संयाेजक रहने ७ सदस्यीय अनुगमन समिति गठन भएकाे छ ।
UN -Habitat र प्रागकाे सहजीकरण सहयाेगमा वार्ड कार्यलयबाट अायाेजित उक्त कार्यक्रमकाे अध्यक्षता वार्ड अध्यक्षले गर्नु भएको थियो । प्रमुख अतिथि यु एन हेविटाटका जिल्ला संयाेजक बिष्णु दवाडीले नेपालकाे पुर्ण सरसफाइ मार्ग दर्शन २०७३ मा उल्लेखित लक्ष्य, उदेश्य, कृयाकलापहरू, सफा र स्वच्छ तथा पुर्ण सरसफाइ उन्मुख क्षेत्रका सुचकहरू सम्बन्धमा सहजीकरण गर्नु भएको थियो । भने प्रागका कार्यक्रम संयाेजक भविश्वर पाैडेलले समन्वय समिति गठनकाे सहजीकरण गर्नु भएको थियाे ।
यस्तै वडा अध्यक्षले सदस्यहरू प्रस्ताव गर्नु भएकाे थियाे । उक्त मस्यौदा प्रस्तावमा छलफल गरि समितिहरू र कार्यदल गठन भएको थियाे ।कार्यक्रम सञ्चालन झबिलाल थापाले गर्नु भएको भएको थियो भने स्वागत मन्तब्य सा प हरिबहादुर केसीले गर्नु भएको थियो।
समापनमा सहभागीकाे तर्फबाट सुनिता घ.म र बाबुराम बञ्जाडेले प्रतिबद्धता मन्तब्य, प्रमुख अतिथिले शुभकामना मन्तब्य र अध्यक्षले पुर्ण सरसफाइ अभियानमा लाग्नै पर्न धारणा सहित समापन मन्तब्य दिनु भएको थियो ।