सन्धिखर्कको घोचेखोलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची २८ असोज । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडा नम्बर ८ घोचेखोलामा रहेको लक्ष्मी तरकारी तथा बिउँ उत्पादन कृषक समुहको आयोजनामा उपआयोजनाको अन्तिम सार्वजनिक सुनुवाई तथा आयोजनाको समापन कार्यक्रम सनिबार सम्पन्न भएको छ ।
 
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै जिल्ला कृषि बिकास कार्यालय अर्घाखाँचीका प्रमुख जगनाथ तिबारीले कृषिको बिकास बिना कुनैपनी क्षेत्रको बिकास सम्भब नभएको भन्दै यसको समग्र बिकासको लागी किसान आफै लागी पर्नु पर्ने कुरामा जोड दिएका थिए । किसानका लागि आएको सरकारी र एनजिओहरुले दिने अनुदान रकम आम नागरिकले देख्ने गरि सार्वजनिक हुनु पर्ने बताउदै प्रमुख तिबारीले लक्ष्य अनुसार काम गरेमा सफलता मिल्ने  बताएका थिए । 
कार्यक्रममा वडानम्बर ८ का वाडअध्यक्ष ईश्वरीप्रसाद भुसाल,केयुबिकेका जिल्ला बिउँ संयोजक कृष्ण दाहाल,कृषि कार्यालयका योजना अधिकृत महेन्द्र कुमार ओझा,कृषि प्रचार प्रसार अधिकृत थिरलाल गैरे, समुहका सदस्य तथा शिक्षक हरीप्रसाद भुसाल,पत्रकार श्याम घिमिरे, केयेबिकेका बिपीन सुनार,गोबिन्द रायमाझी लगायतले मनतब्य राख्दै समुहको प्रसंशाका साथै धन्यबाद समेत प्रदान गरेका थिए । 
संस्थाले  केयुबिकेबाट ७ लाख ४३ हजार १६ रुपैया रकम अनुदान प्रात्त गरेको थियो । २०५२ सालमा गठीत यस समुहमा हाल १५ जना कृषकहरु आबद्ध रहेका छन । समुहले जिल्लामा उत्कृष्ट एंव नमुनाको रुपमा ब्यबसायीक कृषि पेसा समेत गर्दे आईरहेको छ । दुई बर्षको अबधी रहेको उपआयोजनाले १३ लाख ८८ हजार ५ सय ३६ रुपैया कृषिको क्षेत्रमा खर्च गरेको छ भने, १२ लाख ८२ हजार  ५ सय रुपैया बराबरको सिमी,बोडी लगायत बिभिन्न जातका तरकारीको बिउँ उत्पादन गरेको बताइएको छ । 
कार्यक्रम समुहका अध्यक्ष गणेश प्रसाद बन्जाडेको अध्यक्षता पुष्करनाथ बन्जाडेको स्वागत मन्तब्य र देबेन्द्र बन्जाडेको सन्चालनमा सम्पन्न भएको थियो ।