किरणवावु पुनको “वाचा” आयो (भिडियो सहित)

काठमाडौं । गायक किरणवावु पुनको दोहोरी गीत ‘वाचा’ यतिबेला सर्वत्र चर्चामा छ । दोहोरी क्षेत्रमा फरकपन गर्ने प्रगतिवादि गायक तथा सर्जक पुनको यो दोहोरी भाका युट्युवमा राखिएको छोटो अवधिमै धेरैपटक हेरिएको गीत हो । गीतमा किरणवावु पुन र सञ्जिवनीको स्वर छ भने लय तथा शब्द सिर्जना गायक पुनले नै गरेका छन ।
लोकदोहोरीको इतिहासमै पहिलोपटक भारतीय गायिका सञ्जिवनीको स्वरमा रहेको यो दोहोरी भाकाले सबैको मन जितिरहेको गायक पुनले जानकारी दिएका छन । अहिले दोहोरी क्षेत्रमा एउटै तवरको भाका, सुन्दा उस्ता उस्तै लाग्ने गीत र एउटै खालका जस्ता गीतका म्युजिक भिडियो आएकोले आम स्रोता दर्शकमाझ फरक स्वाद दिने प्रयास गरेको गायक पुनले बताएका छन । यो गीत मात्र होइन गीतको म्युजिक भिडियो पनी फरक गरिएको छ । म्युजिक भिडियो हेरिरहँदा  मौलिकता, ऐतिहासिकता देख्न सकिन्छ । गीतमा तीन छुट्टाछुट्टै विषयवस्तुलाई समावेश गरिएको छ ।
म्युजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मोडल प्रेम थापा र अञ्जली अधिकारीले जिवन्त अभिनय गरेका छन । वावुराजा केसी उज्ज्वलको निर्देशनमा बनेको गीतलाई कृष्ण फिल्मस् एण्ड एडभरटाइजिङ्गले बजार ब्यवस्थापन गरेको छ ।
गायक पुनको यो भन्दा पहिले “आकर्षण” दोहोरी भाका जुन चर्चामा रह्यो त्यसभन्दा अघि ‘क्षितिजपारी उनको वस्तिमा’, ‘यो मार्मिक सन्देश’ लगायतका सयौं दोहोरी गीत उनको सिर्जना र स्वरमा चर्चा बटुलिसकेका गीतहरु छन । उनले धेरै टप्पा, मौलिकताले भरिएका गीतहरु समेत गाइसकेका छन ।