सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत गौतमद्दारा कर्मचारीहरु सेबा मुखि हुनुपर्ने उल्लेख (अन्तरवार्ता भिडियो सहित)
कार्तिक २५ गते, २०७४ मा प्रकाशित
अन्तरवार्ता
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रमेश गौतमले कर्मचारीहरु सेबा मुखि हुनुपर्ने बताउनु भएको छ ।
रेडियो देउरालीको कार्यक्रम देउराली बहसमा छलफल गर्दै गौतमले जनताको सेबामा दत्तचित्त भएर लाग्न र सेबामुखि हुन अाफुले मातहतका कर्मचारीहरुलाई निर्देशन दिएको बताउनु भयो । उहाले स्थानिय तह भएपछि अहिले बिकास निर्माणले तिब्रता पाएको बताउदै सुसासन र पारदर्शिता अाफ्नो पहिलो लक्ष रहेको दाबि गर्नु भयो ।
गौतमले सन्धिखर्क नगरपालिकालाई नमुना नगरपालिका बनाउनका लागि जनप्रतिनिधिले लिएको योजनालाई अाफुले पुर्ण रुपमा अगाडि बढाउन सहयोग गर्ने बताउदै सिहदरबारको अधिकार गाउँटोलमा अाईपुगेकोले बिषयगत कार्यालयका कर्मचारीले समेत नगरपालिकामा बसेर काम गर्नु पर्ने बताउनु भयो ।
गौतमले नगरक्षेत्र भित्र बाटो छेक्ने गरि राखिएका सबै सामाग्रीहरु हटाउनका लागि सबैलाई अाग्रह गरिएको बताउनु भयो । उहाले नगरक्षेत्र भित्र सम्पति करलाई ब्यबस्थित बनाउने बताउदै अनुगमनलाई तिब्रता दिने बताउनु भयो ।
गौतम केहिदिन पहिला मात्र रेसुङगा नगरपालिकाबाट सरुवा भई सन्धिखर्क नगरपालिकामा सरुवा भई अाउनु भएको हो । उपसचिव गौतम कुसल र क्षमताबाहान प्रशासक हुन् ।