प्रेमनारायण आचार्य
अर्घाखाँची २५ कात्तिक । नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री तथा रेवती प्रसाद भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जोगाउन र विकास निर्माणलाई गति दिई मुलुकलाई समृद्ध बनाउन काँग्रेसलाई जिताउनुपर्ने बताउनुभएको छ ।
सन्धिखर्क नगरपालिका नगरपालिका वडा नं ८ किमडाँडामा भएको चुनावी प्रचार प्रसार कार्यक्रममा नेता भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रको नारा जपे पनि कम्युनिष्टहरुको नियत खोटो देखिएको बताउनुभयो । “कम्युनिष्टहरु गणतन्त्रको खोक्रो नारा लगाएर एकदलीय शासन जन्माएर जनताका अधिकार खोस्न खोजिरहेका छन र हामी जनतालाई सबै अधिकारले पूर्ण सार्वभौमसत्ता सम्पन्न बनाउन खोजिरहेका छौ” नेता भुसालले भन्नुभयो,।
कांग्रेसका जिल्ला सभापति तथा निर्बाचन क्षेत्र नम्वर क का उम्मेद्धार बिष्णु प्रसाद खनाल (मुस्कान) ले २०४६सालमा लोकतन्त्रको पुनरोदय भएपछि कम्युनिष्टहरुको कारणले मुलुकमा अस्थिरता र अशान्ति फैलिएर विकासमा बाधा आएपनि संविधानसभाबाट संविधान जारी भैसकेकोले अब विकासले गति लिने बताउनु भयो ।उहाँले पर्यटन, कृषि, र जनशक्तिको विकासबाट अर्घाखाँचीको कायापलट गर्न सकिने पनि विश्वास पनि व्यक्त गर्नुभयो ।
५ नम्बर प्रदेश समानुपातिक उम्मेदवार निर्मला क्षेत्रीले केन्द्रदेखी गाउँतहसम्मका महिलाहरुको बिकासकालागि पर्ने बताउदै जिल्लाको समग्र विकासमा लागी पर्ने बताउँनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति केसवराज कुवर, महासमिति सदस्य केसब श्रेष्ठ, महाधिबेसन प्रतिनिधि कृष्ण खनाल, लोकेन्द्र बिक, महाधिबेसन प्रतिनिधि तथा छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, भुमिकास्थान नगरपालिकाका उपमेयर खडानन्द बेल्बासे, जिल्ला सदस्य जानका बन्न्जाडे, नेविसंघका पुर्ब सभापति मेघराज पाण्डे, क्षेत्रीय उपसभापति कृष्ण बेल्बासे, सचिव तारा फुल्लेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम किमडाडा कांग्रेसका शिबलाल शाहीकोे सभापतित्व र हुम प्रसाद बन्जाडेको स्वागत र नेत्र प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।