बाम गठवन्धन मालालरानी वार्ड नं.१ र २ को संयुक्त चुनावी भेला सम्पन्न


शोभाखर पन्थी
मालारानी, अर्घाखाँची कार्तिक २५ ।  बाम गठवन्धन मालारानी वार्ड नं.१ र २ अर्घाखाँचीको संयुक्त भेला सम्पन्न भएको छ । 
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले राष्ट्रघाती दलालका बिरुद्ध एकजुट भएर अगाडी बढ्न आम शोषित पीडित जनतालाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको अकर्मण्ड्ता र सर्वसत्तावादी सोंच राष्ट्र निर्माण र अग्रगमनको लागि बाधक भएको बताउँदै वक्ताहरुले सामाजिक न्याय र समृद्ध राष्ट्र निर्माणको लागि बाम गठवन्धनका उम्मेदवारलाई भारी मतका साथ विजयी गराउन आग्रह गरे ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका नेता नरेन्द्र कुमार क्षेत्रीले बामपन्थी एकता राष्ट्रको आवश्यकता भएको बताउनुभयो । कम्युनिष्टहरु आपसमा भिड्दा निकै दुःखी बनेका, जनतामा बाम एकताले निकै उत्साह  र भविश्य प्रतिको आसा जगाएको उहाँको भनाई छ ।
एमाले सचिव राम बहादुर चौहान, एमाले जिल्ला सचिवालय सदस्य जनार्दन खनाल, शालिकराम आचार्य, जीवन कुमार चौहान, नेकपा (माओवादी केन्द्र) का जिल्ला सचिवालय सदस्य एम.वि. पाण्डे, देव बहादुर खड्का र श्याम बहादुर खनालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नीति, विचार र सिद्धान्तका आधारमा समेत एकतावद्ध भएर अगाडी बढ्ने बताउनु भयो । उहाँहरुले आफूहरुलाई फुटाएर फाईदा लिने दिवासपना नदेख्न पुरातनवादी दलहरुलाई सचेत समेत गराउनु भयो । 
प्रेम पछाईको अध्यक्षता र शिवलाल कुवँरको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) का जिल्ला कमिटी सदस्य लिल बहादुर वि.क., खुविराम आचार्य, विक्रम खनाल, कमल के.सी.चन्द्रकान्त आचार्य लगायतका वक्ताहरुले मन्तव्य राख्दै आगामी निर्वाचनमा बाम गठबन्धका उम्मेदवारलाई भारी मतले विजयी गराउन आग्रह गर्नु भयो । 
भेलाले आसन्न निर्वाचनलाई मध्यनजर राख्दै मालारानी गाउँपालिकाको वार्ड नं. १ र २ मा विभिन्न समितिहरु समेत निर्माण गरेको छ । जसअनुसार वार्ड नं. १ मा दधिराम आचार्य संयोजक र भगवता आचार्य सह-संयोजक रहेको निर्वाचन परिचालन समिति, चन्द्रकान्त आचार्य संयोजक र लिला भुसाल सह-संयोजक रहेको प्रचार प्रसार समिति, गोपाल भुसाल संयोजक र भुवन वि.क. सह-संयोजक रहेको युवा परिचालन समिति निर्माण गरेको छ । यसै गरी कृष्ण भुसाल संयोजक, गोपाल सुवेदी सह-संयोजक र कृष्ण प्रसाद भुसाल (ख), तिलक आचार्य र हुम प्रसाद आचार्य रहेको ५ सदस्यीय आर्थिक समिति निर्माण गरेकोे छ । 
यसै गरी वार्ड नं. २ मा प्रेम पछाई संयोजक र शिवलाल कुवँर सह-संयोजक रहेको निर्वाचन परिचालन कमिटी, राजु नेपाली संयोजक र लोक बहादुर कुवँर सह-संयोजक रहेको युवा परिचालन समिति, लिल बहादुर पाण्डे संयोजक र हेमराज भुसाल सह- संयोजक रहेको प्रचार प्रसार समिति तथा शिवलाल कुवर संयोजक, टोमलाल बन्जाडे सह-संयोजक, विनोद भुसाल, बावुराम आचार्य र पदम कुवँर सदस्य सहेको आर्थिक समिति समेत निर्माण गरेको छ । 
बाम गठवन्धनले भोली अर्घात्तोष, मरेङ्ग र भगवतीमा चुनावी सभा गर्ने तयारी गरेको एमाले जिल्ला सदस्य लिल बहादुर वि.क. ले जानकारी दिनु भयो ।  

अन्य समाचारहरु