
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ । विष्टको शनिबार बिहान ज्ञानेश्वरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी क्यान्सर पीडित थिए । विष्ट तीनपटक प्रधानमन्त्री र शाहीकालमा मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको अन्येष्टि गरिएको छ । विष्टलाई राजकीय सम्मानबिना नै शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्येष्टि गरिएको हो । आफूलाई राजकीय सम्मान नदिनु भन्ने उनको इच्छाअनुसार नै सामान्य ढंगबाटै अन्त्येष्टि गरिएको परिवार स्रोतले जानकारी दिएको छ ।
पूर्वप्रधानमन्त्री विष्टलाई जेठा छोराले दागबत्ती दिएका थिए । उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा, एकीकृत राप्रपा (राष्ट्रवादी) का नेता प्रकाशचन्द्र लोहनीलगायत नेता, कार्यकर्ता, आफन्तलगायत पशुपति आर्यघाट पुगेका थिए ।
विष्टको शनिबार बिहान करिब साढे १० बजे ज्ञानेश्वरस्थित निवासमा निधन भएको थियो । उनी क्यान्सर पीडित थिए । विष्ट तीनपटक प्रधानमन्त्री र शाहीकालमा मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए । ९० वर्षीय विष्ट काठमाडौं ठमेलमा जन्मेका थिए । उनका दुई छोरा र तीन छोरी छन् । दुई वर्षअघि उनका श्रीमती र एक छोराको निधन भएको थियो ।
९० वर्षीय विष्ट काठमाडौं ठमेलमा जन्मेका थिए । उनका दुई छोरा र तीन छोरी छन् । दुई वर्षअघि उनका श्रीमती र एक छोराको निधन भएको थियो ।