काठमाडौं । काव्या म्युजिक सेन्टरले प्रस्तुत गरेको लोकदोहोरी गीत ‘शिरमा सिन्दुर’ यतिबेला चर्चामा छ । विवाहमा जन्ति गएको र लोकन्ति देखेर यसपाली नै विवाह गरेर घर लैजाने भनी दोहोरीको घम्साघम्सि भएको गीत हो ।
गीतमा मिठो स्वर भएका गायक रमेश श्रेष्ठ र काव्य आचार्यको स्वर छ । रमेश श्रेष्ठको लयमा रहेको यो गीतमा प्रकाश पुरीको शव्द रहेको छ । गौरव गिरीले एरेन्ज गरेका यो गीतको म्युजिक भिडियो पनी सार्वजनिक भएको छ । हाइलाइटस नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा राज तामाङ र आयुश्मा कार्की, शिवराम भण्डारी, सानु पाण्डे, सागर पौडेल, कुशलराज घोरासैनी, कुसुम लामा, सरोज न्यौपाने, अमित पाण्डे, सुजिता आचार्य र अस्मि शर्माले अभिनय गरेका छन । रमेश श्रेष्ठको निर्देशनमा बनेको म्युजिक भिडियोको सम्पादन निरन श्रेष्ठले गरेका हुन ।
पछिल्लो क्रममा लोक दोहोरी गीतहरु अंगप्रदर्शन गर्ने, गीतका शव्द एउटा तर देखाइने तरिका फरक हुने खालका मात्र भिडियोहरु धेरै आइरहेकाले आफ्नो गीतको भिडियोमा केहि मौलिकता झल्काउने प्रयास गरेको गायक रमेश श्रेष्ठले बताएका छन । उनी भन्छन’ ‘शिरमा सिन्दुर’ गीतको भिडियो हेर्दा गाउँघरमा हुने रत्यौलीको झझल्को मेटिनेछ, जसमा कलाकारहरुले राम्रो भुमिका प्रस्तुत गरेका छन ।
गीतको भिडियो हेरेर देशदेखि विदेशसम्मका दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन ।