सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा  प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नम्बर १, २ मा चुनाव जितेपछि संयुक्त वाम गठबन्धनले आज मंगलवार सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने गरेका छन् ।
संयुक्त वाम गठबन्धनका नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र माओबादी केन्द्रले आफ्ना प्रतिनिधि सभा उम्मेद्वार टोप बहादुर रायमाझी र प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेद्वार चेतनारायण आचार्य र क्षेत्र नम्बर २ का उम्मेद्वार रामजी प्रसाद घिमिरे विजयी भएपछि हर्सोउल्लस सन्धिखर्कमा विशाल विजय जुलुश निकालिएको थियो ।
अर्घाखाँची जिल्लामा रहेको एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा वामपन्थी गठबन्धन बाट सबैठाउ जित निकालेका सांसदहरुले आज एउटै मञ्छमा सम्बोधन गर्दै आफूहरूले चुनाव अगाडि गरेका प्रतिबद्धतालाई फेरि सम्झदै ती प्रतिबद्धतालाई पुनः स्मरण गरेका छन्  ।

मुख्य निर्वाचन कार्यालयले प्रदान गरेको विजयीको प्रमाणपत्र ग्रहण पछि गठबन्धनले आयोजना गरेको विजयी आमसभामा बोल्दै प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, प्रदेश सभा १ का सदस्य चेतनारायण आचार्य र प्रदेश सभा २ का सदस्य रामजीप्रसाद घिमिरेले सम्बोधन गर्दै आफूहरूले चुनाव जित्न नभई जिल्ला र देशको मुहार फेर्नलाइ गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताउनुभयो, अर्घाखाँची लाई शिक्षा, स्वास्थ्य , रोजगार, सन्चार, पर्यटन , बाटो आदि सबै हिसाबले देशकै नमुना जिल्ला बनाउनेमा अब वामपन्थी जनप्रतिनिधिहरु केन्द्र, प्रदेश र स्थानीय तह सम्म सबै लागिपर्ने बताउनुभयो ।
गठबन्धन बिसन्धिखर्को टुडिखेलबाट सुरु भएको विजय ¥याली सन्धिखर्क र चुत्रावेशीका विभिन्न भागमा परिक्रमा गरी सन्धिखर्कको शान्ति वगैचामा पुगी सभामा परिणत भएको थियो ।

सभालाई प्रतिनिधि सभा सदस्य पदका विजयी उम्मेदवार टोपबहादुर रायमाझी, प्रदेश सभा क्षेत्र नं. १ का विजयी उम्मेदवार चेतनारायण आचार्य, क्षेत्र नं. २ का उम्मेदवार रामजी प्रसाद घिमिरे, नकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा वाम गठबन्धनका प्रचार प्रसार समिति संयोजक चन्द्र बहादुर खड्का उज्जवल, एमाले पाँच नम्बर प्रदेश सदस्य पिताम्वर भुसाल, माओवादी केन्द्र, माओवादी केन्द्रकी प्रदेश सभा समानुपातिक उम्मेदवार छमकुमारी खनाल चिनारी लगायतले सम्बोधन गर्नुभएको थियो ।एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको अर्घाखाँचीमा तिन ओटै सिटमा वाम गठवन्धका उम्मेद्वारहरुले विजयी हासिल गरेका छन् । वाम गठबन्धनका प्रतिनिधि सभा सदसय पदका उम्मेदवार टोपबहादर रायमाझीले विजयी हासिल गर्नु भएको छ ।
माओवादी केन्द्रका प्रभावशाली नेताका रूपमा रहनु भएका रायमाझीले काँग्रेसका नेता डा राम बहादुर विसीलाई १८ हजार २ सय ९३ को फराकिलो मत अन्तरले पछि पार्दै विजयी हुनु भएको हो । प्रदेश सभा क्षेत्र नं. १ मा एमालेका जिल्ला अध्यक्ष समेत रहनु भएका चेतनारायण आचार्यले काँग्रेसका उम्मेदवार विष्णु खनाल मुस्कानलाई १० हजार ६ सय १४ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी हासिल गर्नु भएको छ । यस्तै प्रदेश सभा क्षेत्र नं. २ मा पनि वाम गठबन्धनकै उम्मेदवार एमाले निवर्तमान जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरेले ८ हजार ९ सय मतको पराकिलो अन्तरले पछि पार्दै विजयी हासिल गर्नु भयो ।
आजै बिहान बिजेता प्रतिनिधि सभा र प्रदेश सभाका सांसदलाई आधिकारिक रुपमा प्रमाण पत्र बितरण गरिएको थियो ।
अर्घाखाँची जिल्लामा मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन  (नेकपा माओवादी केन्द्र)बाट प्रतिनिधि सभा सदस्यमा टोप बहादुर रायमाझी र (नेकपा एमाले)बाट क्रमश प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य र क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी भएका छन् ।
टोप बहादुर रायमाझी
टोप बहादुर रायमाझीले  कांग्रेसका उम्मेदवार डा. राम बहादुर बि.सीलाई १८,२९३ मन्तारले जितेका हुन् । गणना अनुसार वाम गठबन्धनका उम्मेदवार रायमाझीले ५०८३७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बि.सीले ३२,५४४ मत पाएका छन् ।
चेतनारायण आचार्य
यस्तै क्षेत्र नम्बर १ मा चेतनारायण आचार्यले  नेपाली कांग्रेसका उम्मेदवार बिष्णु प्रसाद खनाललाई १०,६१४ मन्तारले जितेका हुन् ।  आचार्यले २४,७५१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खनालले १४,१३७ मत पाएका छन् ।
रामजी प्रसाद घिमिरे
साथै क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरेले  नेपाली कांग्रेसका उम्मेदवार हिम्मत बहादुर टण्डनलाई ८,९२६ मन्तारले जितेका हुन् । घिमिरेले २६,१५९  मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टण्डनले १७,२३३ मत पाएका छन् ।

अन्य समाचारहरु