अर्घाखाँचीका गायक विश्वास नेपालको “यो रात बेहोसी” सार्वजनिक (भिडियो सहित)
मंसिर २६ गते, २०७४ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ भुजुङेका विश्वास नेपाल (नेपाली) को नयाँ आधुनिक गीत “यो रात बेहोसी” सार्वजनिक भएको छ ।
विश्वास नेपाल र जानकी पन्तको स्वर रहेको यस म्युजिक भिडियोलाई अर्घा दरबार फ्लिम्स् ले बजारमा ल्याएको हो । यस गीतमा म्युजिक विश्वासको नै रहेको छ ।
यस्तै म्युजिक भिडियोमा अभिनय विश्वास नेपाल र जानकी पन्तले गरेका छन् । हाम्रो प्यारो अर्घाखाँची लगायतका गीत निकाली सकेका विश्वासले यो यो रात बेहोसीलाई पनि श्रोताहरुले हेरेर मन पराइदिने छन् भन्ने आशा गरेका छन् ।