बुटवलमा सडक दुर्घटनामा परि रक्तिम सास्कृतिक अभियानका दल बहादुर भण्डारीको निधन

अर्घाखाँचीडट्कम संवाददाता 
बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा रक्तिम सास्कृतिक अभियानका दल बहादुर भण्डारीको निधन भएको छ । 
आज बिहान १० बजे बुटवल ६ भुड्की चोक अस्पताल लाइनमा ना ७ ख ६७२५ नम्बरको ट्रिपरले लु ३१ प १४५० नम्बरको स्कुटरलाई ठ्क्कर दिदा गम्भीर घाइते भएका मित्र दल बहादुरको उपचारको क्रममा बुटवलको डेनस अस्पतालमा निधन भएको हो । उनी नयाँ दिशा साप्ताहिकका बजार व्यवस्थापक, बुटवल बहुमुखी क्याम्पसका पुर्व स्ववियु उप-सभापती, राष्ट्रीय जनमोर्चाका नेतासमेत रहेका पनि थिए । 
गोलपार्क बाट चौडाहा तर्फ जादै गरेको ट्रीपरले स्कुटरमा हिडिरहेका उनलाइ हस्पिटल लाइनमा ठक्कर दिएको हो । दुर्घटनामा परि ४५ बर्षका भण्डारी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भण्डारीको ठक्कर दिने ट्रीपर प्रहरीको नियन्त्रणमा रहे पनि ट्रीपर चालक भने फरार रहेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटबलले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । भण्डारीका २ छोरा र एक श्रीमती छन् ।