अभिनेत्री विना थापाको दुर्घटनामा परी निधन भएको छ । डिर्भाेस, उर्वशी, पिँजडा ब्याक अगेन लगायतका फिल्ममा अभिनय गरेकी २७ वर्षीया विना चढेको स्कुटरलाई बुधबार दिउँसो राजधानीको बत्तीसपुतलीमा पानी ट्यांकरले ठक्कर दिएको थियो ।
घाइते विनालाई उपचारका लागि वीर अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको बताइन्छ । ठक्कर दिने ट्यांकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मी, मुसिकोटकी विनाले केही नाटकमा पनि अभिनय गरेकी छिन् । देश–विदेशमा हुने गरेका सांस्कृतिक कार्यक्रममा समेत सक्रिय विनाको निधनमा कलाकर्मीले दुःख व्यक्त गरेका छन् । रासस