पछिल्ला केही दिन यता बढेको अत्याधिक चिसोका कारण सिरहामा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का करीब सय बर्षीया सीयावर्ती हाय, गोलबजार नगरपालिका ८ का ६५ वर्षीया बिलटु गुप्ता र लहान नगरपालिका ६ का ६५ वर्षीया सितादेवी भट्टराई छन् ।यो संगै जिल्लामा चिसोले मर्नेको संख्या १४ पुगेको छ ।