(पहिलो प्रकासित मिती: २०७४ फाल्गुन १८, शुक्रवार)
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । गत फाल्गुन १४ गते सोमवार अर्घाखाँचीडट्कममा मुकेश पोखरेल हिमाल खबरले लेखेको शितगंगा नगरपालिका प्रमुख, उप-प्रमुखले गाडी भाडाका नाममा ब्रह्मलुट मच्चाए शिर्षकमा साभार गरि प्रकासित समाचार तथ्यहिन, भ्रामक र अनर्गल रहेको शितगंगा नगरपालिकाले बताएको छ ।
शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी र उपप्रमुख टीका रेश्मीको निर्णयानुसार शुक्रबार एक विज्ञप्ति जारी गर्दै डट्कममा प्रकासित समाचारमा कुनै सत्यता नभएको भन्दै उक्त समाचारको खण्डन गर्दै आफ्नो गम्भिर ध्यानआकर्षण भएको बताएको छ ।
यस्तै खण्डनमा नगरपालिकाले समाचारमा भने जस्तो नभएर आफ्नो सवारी साधन नभएकोले वार्ड अध्यक्षहरुलाई मोटरसाइकल र प्रमुख र नगरप्रमुखलाई नगरपालिकाको कार्य संम्पादनको क्रममा मात्र प्रयोग गर्ने गरी आवश्यकता अनुसार गाडी पटके भाडामा लिणे नगर सभाको निर्यण बमोजिम अत्यावश्यक अवस्थामा मात्र भाडाको गाडी प्रयोग गरिएको उल्लेख गरेको छ । यस्तै नगरपालिकाले संचारमाध्यमहरुलाई सत्य-तथ्य समाचार प्रकासित गरेर सहयोग गर्न अनुरोध समेत गरेको छ ।
तर प्रमुख सुर्य प्रसाद अधिकारी र उपप्रमुख टीका रेश्मीले समाचारको खण्डन गरेता पनि २८ पुस महिनामा गरेको निर्यणमा त्यस्तो देखिदैन ।
साथै मुकेश पोखरेलले लेखेका समाचारका विरुद्द शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी र उपप्रमुख टीका रेश्मी लगायत वार्ड प्रतिनिधिहरुले पत्रकार महासंघ, अदालतमा मुद्दा हाल्ने धम्की दिएता पनि आफ्नो २८ पुस महिनामा गरेको निर्यणको पुष्टी एवम समाचारमा प्रकासित वास्तविकताको बारेमा एक-एक गरी यतार्थ भन्न सकेका छैनन् ।
उता २८ पुस महिनामा गरेको निर्यणमा अनुसार प्रकासित समाचार यतार्थ देखियता पनि नगरपालिकाले यस्तो खण्डन गरेको छ:-
यसभन्दा अगाडि उपप्रमुख टीका रेश्मीले नगरभित्रका करिव हजार शिक्षा स्वास्थ्य कृषि,पशु खाने पानीका योजना कार्यक्रमको अनुगमन गर्नुपर्ने र एक दिनमा ४,५ वटा योजना अनुगमन गर्दा पैदल गर्दा असंभव भएको कमेन्ट गरेका थिए ।
समाचार साभार हिमाल खबर मुकेश पोखरेलबाट
उता नगरपालिकाको २८ पुस महिनामा गरेको निर्यणमा अनुसार प्रकासित समाचार यतार्थ देखियता पनि यस्तै सोमबार प्रकासित उक्त समाचार डट्कमका प्रमुखले लेखेको भनेर प्रमुख सुर्य प्रसाद अधिकारी र उपप्रमुख टीका रेश्मीले भनेता पनि डट्कमका कुनै पनि प्रतिनिधिले नलेखेर हिमाल खबर मुकेश पोखरेलबाट साभार गरिएको थियो । प्रमुख सुर्य प्रसाद अधिकारी र उपप्रमुख टीका रेश्मीलेले समाचार लेख्ने स्रोत राम्रोसँग नहेरेको देखिन्छ ।
साथै उक्त समाचारमा मुकेश पोखरेल हिमाल खबर भनेर जस्ताको त्यस्तै प्रकासित गरेको छ । तर नगरपालिकाले हिमाल खबरको नाममा मात्र खण्डन गर्नुपर्नेमा अर्घाखाँचीडट्कमलाई गरेको छ ।
समाचार हटाइयो
साथै उक्त नगरपालिकाको बारेमा यस अगाडि समाचार लेखिरहेका मुकेश पोखरेलले डट्कमलाई प्राप्त समाचारको यतार्थ स्रोत पुष्टी नगरेकोले र संपर्कमा नआएकोले फाल्गुन १४, २०७४ गते सोमवार साभार गरिएको प्रकासित समाचार हटाइएको छ ।
अर्घाखाँचीडट्कमले १३ वर्षको पुरानो ईतिहासमा अन्य राष्ट्रिय संचारसंस्था जस्तै निष्पक्ष समाचार प्रकासित गर्दै आएको छ । स्मरण रहोस् अर्घाखाँचीडट्कम नेपालको पहिलो अन्लाईन संचारमाध्यम हो । प्रकासित समाचार आफ्ना प्रतिनिधिले नलेखेको हुँदा सम्बन्धित व्यक्तिबाट कुनै जवाफ नआउँदा हालका लागि प्रकासित सामाग्री हटाइएको हो ।
साथै पछि समाचार पुष्टी, प्रमाणित भएमा सत्य तथ्यका आधारमा डट्कमले पुन: समाचार प्रकासित गर्नेछ । प्रमुख सुर्य प्रसाद अधिकारी र उपप्रमुख टीका रेश्मीको वास्तविकता बाहिर आउनेछ ।
यस्तो थियो हटाइएको समाचार:-