कांग्रेस अर्घाखाँचीद्दारा छत्रदेव गाउँपालिकाका क्रियासिल सदस्य पान्डेको निधन प्रति दु:ख ब्यब्त

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका क्रियासिल सदस्य छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ निबासी गोबिन्द प्रसाद पान्डेको निधन प्रति नेपाली कांग्रेसले गहिरो दु:ख ब्यब्त गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पान्डेका बुवाको केहिदिन अघि निधन भएको हो ।
पान्डेको घरमा पुगेर नेपाली कांग्रेसका  पुर्व  केन्द्रीय सदस्य महेन्द्र भुसाल नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान पुर्व पार्टी सभापति कमल प्रसाद भुसाल, पुर्व सभापति एबम जिल्ला समन्वय समितिका सभापति पिताम्बर शर्मा, नेपाली कांग्रेसका उपसभापति शान्ता भन्डारी,  सचिब बिष्णु भुसाल, कोषाध्यक्ष कृष्ण ज्ञवाली, युवा नेताहरु पिताम्बर खनाल, बाबुराम पौडेल, तरुण दलका नारायण खड्का, छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेल, उपाध्यक्ष तुलसा श्रेष्ठ लगायत विभिन्न वर्डाका कांग्रेस सभापतिहरु पुगेर दुख ब्यक्त गर्दै श्रद्दान्जली ब्यक्त गरेका हुन ।
स्वर्गिय पान्डेका पाँच भाई छोराहरु रहेका छन । उहाको निधनले पार्टीलाई अतुलनिय क्षती पुगेको कांग्रेस अर्घाखाँचीले निकालेको शोक बिज्ञप्तीमा उल्लेख छ । 

अन्य समाचारहरु