सन्धिखर्कमा रास्ट्रिय युवा परिषद अर्घाखाँचीद्दारा स्थापना दिबसको अवसरमा विरामीलाई फलफुल बितरण

अर्घाखाँचीडट्कम संवाददाता
स्यालेबजार, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित जिल्ला अस्पताल अर्घाखाँचीमा रास्ट्रिय युवा परिषद अर्घाखाँचीले स्थापना दिबसको उपलक्ष्यमा विरामीलाई फलफुल बितरण गरेको छ । 
जिल्ला अस्पताल अर्घाखाँचीमा भर्ना भएका विरामीहरुलाई फलफूल बितरण गरि शनिबार आफ्नो स्थापना दिबस मनाएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले युवा नै समाज देश निर्माणका अभियन्ता भएकोले सबै युवाहरु एकजुट भएर सकारात्मक रुपले अगाडि बढनु पर्ने कुरामा जोड दिएका थिए । 
तस्बिर: सहयोगी बिसी  

अन्य समाचारहरु