सहयोगी बिसी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँचीको प्रथम बैठक सन्धिखर्कमा सम्पन्न भएको छ।
जिल्ला सदरमुकाममा गत शनिबार गठन भएको नेपाल अर्बुद रोग निबारण संस्थाको प्रथम बैठकले क्यान्सर सम्बन्धि जनचेतना ,सचेतना कार्यक्रम संचालन गर्ने निर्णय सहित सन्धिखर्कमा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षता र सचीव कुशल भुसालको सहजीकरणमा सम्पन्न बैठकले क्यान्सर रोगका बारेमा आम मानिसलाई जानाकारी गराउन विभिन्न स्थानहरूमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
क्यान्सर रोग समयमा जानाकारी हुने हो भने यो निको हुन्छ कम हुन्छ र क्यान्सर निको नहुने रोग हो भन्ने कुरा गलत भएको कुरा बताइएको थियो।
रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हुन्छ।भन्ने कुरालाई मध्यनजर गरि क्यान्सर सम्बन्धि बिज्ञ डाक्टर जिल्लामा आमन्त्रण गरि शिबिर संचालन गर्ने कार्ययोजना बनाइएको छ।
साथसाथै जिल्ला स्थित नगरपालिका र गाउँपालिका संग समन्वय र सहकार्य गरि जिल्ला भरमा रहेका क्यान्सर रोगिको तथ्यांक लिईरहेको जानाकारी समेत गराइएको थियो।
बैठकमा सल्लाह समितिका संयोजक कमल प्रसाद भुसाल लगायत कार्यसमिति र सल्लाहकार समितिका सदस्य हरुको उपस्थिति रहेको थियो।
बैठक अर्घाखाँची टेक्निकल ट्रेनीङ स्कुल सन्धिखर्कमा सम्पन्न भएको थियो।