कलाकार प्रेम खड्काको कस्तो साईनो आधुनिक म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)


प्रेम खड्का अर्घाखाँची
काठमाडौं । कलाकार प्रेम खड्काको कस्तो साईनो आधुनिक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कस्तो साईनो आधुनिक म्युजिक भिडियोमा अभिनय प्रेम खड्का र सविना कार्कीको रहेको छ । गीतमा स्वर कर्ण दासले दिएका छन् ।
यस्तै मदन खड्काले निर्देशन गरेका छन् भने संगीत गुरु भोटिया र क्यामरा टंक केसीको रहेको छ ।
तनहुँ कमलबारीका कलाकार तथा मोडेल प्रेम खड्काले १०० भन्दा बढी म्युजिक भिडियो खेली सकेका छन् । यस्तै उनको २,३ वटा फ्लिममा समेत काम गरिसकेका छन् ।
कस्तो साईनो आधुनिक म्युजिक भिडियो पनि दर्शकहरुले मन पराइदिने छन् भन्नेमा कलाकार खड्का आशावादी रहेका छन् ।