अर्घाखाँचीका चेतन घर्ती मगरको तालमा पानी लोकदोहोरी गीत सार्वजनिक (भिडियो सहित)
बैशाख ३ गते, २०७५ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका धारापानी घर भई हाल जापान टोकियो बस्दै आएका गायक चेतन घर्ती मगरको अर्को लोकदोहोरी गीत“तालमा पानी”सार्वजनिक भएको छ ।
गीतमा चर्चित गायिका सान्ति श्री परियार र चेतन घर्ती मगरको आवज रहेको छ भने लय तथा शब्द गीतमा इश्वर पौडेलको रहेको छ।
सनम क्रियशनले सार्वजनिक गरेको उक्त गीतमा चर्चित मोडल प्रकाश सपुत र रिना थापा मगरले अभिनय गरेका छन् ।
यस्तै उक्त गीतको म्यूजिक भिडियो निर्देशन भने शंकर बिसीले गरेका छन् । दुर्गा पौडेलको छायांकन, सम्पादन नबिन घर्ती मगरले गरेका छन् ।
नयाँ बर्ष २०७५ सालको शुभकामना सहित सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शकहरुले मन पराईदिने अपेक्षा गरिएको छ ।