कमल सौरागको “तिमि एक प्रेम कथा ” आधुनिक गीति एल्बम सार्वजनिक
बैशाख २१ गते, २०७५ मा प्रकाशित
काठमाडौं । बिन्दवासिनी म्युजिक प्रा.लिको प्रस्तुतिमा चर्चित गायक,एरेन्ज किंग तथा मोडल कमल सौरागको अवाजमा रहेको अत्यन्तै मन छुने शब्दले भरिएको “तिमि एक प्रेम कथा ” नामक आधुनिक गीति एल्बम भर्खरै मात्र बजारमा सार्बजनिक भएको छ ।
गायक तथा एरेन्ज किंग कमल सौरागको सुमुधुर आवाजमा रहेको यस मार्मिक आधुनिक गीतमा शब्द संकल राजकुमार बगरले गरेका छन् भने संगीत / एरेन्ज कमल सौरागको रहेको छ ।
बिन्दवासिनी म्युजिक प्रा.लिको प्रस्तुतिमा रहेको येस आधुनिक गीत “तिमि एक प्रेम कथा ” एल्बमको दृश्य निर्माण सुर्य विनायक फिल्मस्ले गरेको छ भने यस आधुनिक गीतका सम्पादन दिपक बिष्ट ,छायांकनमा अजय रेग्मी र निर्देशन काजिश श्रेष्ठले गरेका छन ।
यस आधुनिक म्युजिक भिडियोमा अभिनय भने चर्चित गायक,एरेन्ज किंग तथा मोडल कमल सौराग र ,मोडेल अनु शाहको भूमिका रहेको छ ।