अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेपाल कम्यूनिष्ट पार्टी बिप्लबले आव्हान गरेको नेपाल बन्दले अर्घाखाँची जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण सन्धिखर्कबाट जिल्लाभर र जिल्ला बाहिर बुटवल, काठमाडौं जाने यात्रुहरु प्राभावित भएका छन् ।
बन्दका कारण बिहानै देखि सन्धिखर्क, चुत्राबेशीका बजार पूर्ण रुपमा बन्द रहेका छन् ।
यसअघी हिजो साँझ नेपाल कम्यूनिष्ट पार्टी अर्घाखाँचीले माअल जुलुस निकालेका थिए ।