अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । सरकारले यातायातको सिण्डिकेट पूर्ण रुपमा अन्त्य गर्ने निर्णयको विरोधमा काउन्टर बन्द गरेर आन्दोलनमा उत्रिएका अर्घाखाँची जिल्लाका देउराली र पश्चिम नेपाल यातयातले पुन: खोलेका छन् ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले काउन्टर हटाइदिने चेतावनी दिएपछि पश्चिम नेपाल बस ब्यबसायी संघ र देउराली यातायातले काउन्टर पुन: खोलेका हुन् ।
पश्चिम नेपाल बस ब्यबसायी संघ र देउराली यातायात ब्यबसायीले भोली आईतबार देखि पुर्बबत रूपमा बस संचालन गर्ने भएका छन् ।
ब्यबसायीहरुले गत वैशाख १३ गते विहीवार देखि काउन्टर बन्द गरेपनि क्यु फ्री गरेर गाडी चलाई राखेका थिए । यस्तै जिल्लामा लन्का यातायातले भने काउन्टर खुलाएर नियमित सेवा दिदै आएको थियो ।