सन्धिखर्क धरमपानीका सन्तोष शर्मा अभिनय, छायांकन देखि निर्देशकमा जम्दै

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं १० धरमपानी घर भएका सन्तोष शर्मा कलाकारिता क्षेत्रमा चर्चामा आएका छन् । 
धरमपानी वुवा खगेश्वर र आमा ताराको जेठो छोरा सन्तोष म्युजिक भिडियोमा अभिनय, छायांकन देखि निर्देशकमा जम्दै गरेका हुन् ।

५ वर्ष  यता गित संगितको यात्रामा हिडेका सन्तोष  पछिल्लो  समय आफ्नो  कम्पनी  सौगात फिल्मसबाट छायांकन  र निर्देशनमा जम्दै छन् ।  

संगित क्षेत्रमा पाल्पाबाट लागेका सन्तोष अहिले सम्म २ दर्जन म्युजिक भिडियो र केही टेलीफ्लिममा समेत अभिनय गरेका छन् । शुरुका दिनमा तीज गीतमा अभिनय गरेका सन्तोषले पछील्लो समयमा आँफै छायांकन देखि निर्देशन गर्दै आएका छन् ।      
कक्षा १ देखि ५ सम्म गाउकै विघालय श्री आदर्श  निमावि र कक्षा ६ देखि १२ सम्म श्री भगवती उमावि संखेटारीमा पढेका सन्तोष शर्माका भाइ अशोक र    जीवन संगिनी सपना र छोरा सौगात छन् । 
उता सन्तोष अर्घाखाँचीमा हुने प्राय सांगीतिक कार्यक्रममा सहभागीता हुँदै आएका छन् ।