अर्घाखाँची उद्योग बाणिज्य संघले निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

सुर्य भुसाल, प्रेम खड्का 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची उद्योग बाणिज्य संघले यहि जेठ २६ गते एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।

सातौ बार्षिक सधारसभा तथा पांचौ अबिधेशनको अवसरमा मुटु,पेट तथा छाती रोग बिशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
सधारण सभा तथा अबिधेशनको तयारी बारे जानकारी दिन अयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष श्रेष्ठले जिल्लामा रहेका मुटुरोगीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै अबिधेशनको उद्घाटनकै दिन जेठ २६ गते कुडुले फांट सन्धिखर्कमा अवस्थित सन्धिखर्क इङ्गिलस बोर्डिङ्ग स्कुलको नवनिर्मित भवनमा सबै सेवा निशुल्क हुने गरि स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभएको छ ।
 “बृहत निशुल्क स्वास्थ्य शिविरमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका एक दर्जन बरिष्ठ डाक्टर सहित ६० जनाको टोलीले एकैसाथ सेवा दिन्छ”,अध्यक्ष श्रेष्ठले भन्नुभयो“हामी एक हजार बिरामीलाई सेवा दिने योजना बनाएका छौं” इसिजी,इको, भिडियो एकसरे जस्ता ल्याव सहित औष्धि समेत निशुल्क गरिएको शिविरमा आएर उपचार गराई स्वास्थ्य लाभ लिनुहुन उहांले जिल्लावासीहरुलाई अपिल समेत गर्नुभएको  छ ।