सन्धिखर्क २ मा लालपूर्जा बितरण, अर्घाखाँचीको बिकासका लागि अाफु लागि पर्ने कृषि मन्त्री चक्रपाणी खनालको दाबी (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनाल  बलदेवले कृषिको क्रान्ति बिना मुलुकको बिकास असम्भव रहेको बताउनु भएको छ । 
खनालले अब मुलुकमा सबै खालका समस्या समधान भएको बताउदै अार्थिक क्रान्ति तर्फ सबै लाग्नु पर्ने बताउनु भएको हो । उहाले देशभरका जग्गाहरु सरकारको भन्दै उनले दलालको मनपरिले जमिन ध्वस्त भएको बताउदै त्यसतो कार्य तत्काल बन्द गरिने बताउनु भयो ।
 
बिशेष नापी कार्यालय अर्घाखाँचीले सन्धिखर्क वार्ड नम्बर २ (अर्घाखाँची आबासिय मा. बि. बेलबाटिका)  मा अायोजना गरेको पुर्जा बितरण समारोहमा मन्तब्य राख्दै खनालले  सरकारले कृषियोग्य जमिन बचाउन नयाँ कार्ययोजना र नीति बनाउन शुरु गरेको दावी गर्नु भएको हो ।
भुमिसम्बन्धि नीति, ऐन भु-उपयोग नीती लगायतका नीतिहरु बनाएर कृषियोग्य भूमि बचाउन ठोस कदम  चालिने मन्त्री खनालको भनाइ छ ।
मैले जग्गाको २५ प्रकारको बर्गिकरण गरेको छु, नीति बाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ खनालको जिकिर छ । कृषिको लागी हरियो लालपूर्जा बनेको बताउँदै कृषिको लालपूर्जाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको लागी समेत सहुलियतको ब्यवस्था गरिने बताउदै अर्घाखाँचीको बिकासका लागि अाफु लागि पर्ने दाबी गरे ।
अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले नीति बाहिरको अंशबण्डा रोक्नको लागी पहल गर्ने बताए । नेपालमा १ लाख २१ हजारको संख्यामा मोहीहरु रहेको बताउदै उनले देशमा रहेका मोहीहरु हटाउने दाबी गरे ।
कार्यक्रममा बोल्दै मन्त्री खनालले अहिलेको सराकारबाट जनताको अपेक्षा अनुसारको गति नआएको बताउँदै केही योजनाहरु बन्दै गरेको बताए । 
नेपालमा हरेक स्थानमा सिण्डीकेट रहेको बताउँदै त्यसको अन्तयका लागि सरकार लागि परेको मन्त्री खनालले दाबी गरे । 
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्दबहादुर खड्का प्रदेश नम्बर पाँचका सासदहरु रामजी प्रसाद घिमिरे, निर्मला क्षेत्री जाल्पा भुसाल जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगाएतले मन्तब्य राख्दै बिशेष नापीले गरेको कामको खुलेर प्रसशा गरेका थिए । 
कार्यक्रममा रामबाण गुल्मका गुल्मपति अनिल केसी, प्रहरी नायब उपरीक्षक नबराज मल्ल अनुसन्धान प्रमुख गोपाल पन्थि  उधोग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ वार्ड अध्यक्ष मोतिजग रायमाझी लगायतका अतथिहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रम बिशेषनापी कार्यालयका प्रमुख खिम बहादुर रानाको अध्यक्षता  गोबिन्द पौडेलको सन्चालनमा भएको कार्यक्रममा कर्मचारी संगठनका केन्द्रीय सदस्य कबि सिंह कठाएत कर्मचारी संगठनका ५ नम्बर सयोजक राजेन्द्र रानाको उपस्थिति रहेको थियो । 

अन्य समाचारहरु