सहयोगी बि.सी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको साबिक बाँगी गाबिस २ हाल मालारानी गाउँपालिका वडा नं. ५ तिजुकाचौर निवासी ९९ बर्षिय प्रेमनारायण पंथिले स्थानिय बिधालयमा आफै उपस्थित भैइ मिर्सि पानी तथा सर्बत बितरण गर्नु भएको छ।
जेष्ठ महिनाको घामको धुपमा बिधालयमा अध्यापन गराउने सुन्दर आधारभूत बिधालय का शिक्षक र विद्यार्थी लाई आफू नै उपस्थित भएर सर्बत पानी खुबाउनु भएको हो।
आफुले सरकारले दिएको सामाजिक सुरक्षा भत्ताबाट उक्त सामान खरिद गरि बिधालयमा आएर आफ्नै हातले बितरण गर्नु भएको बिधालयका प्रधानाध्यापक शोभाखर पंथिले जानाकारि दिनु भएको छ।
आफ्नो जीवनकालमा उहाले विभिन्न सामाजिक तथा परोपकारी कार्यगर्दै आइरहनु भएको थियो।अझै पनि गाउँठाउँमा सजिलै हिडेर पुग्न सक्ने प्रेम नारायण पंथी को यो कामलाई सबैले सर्हाना गरेका छ्न।
आफ्नो पालन पोषणमा परिबारबाट कुनै कमि नभएकोले आफु बाँचुन्जेल पाउने सामाजिक सुरक्षा भत्ता बाट पाएको रकम आगामी दिनमा यी र यस्तै परोपकारि काममा लगाउने उहाँले प्रतिबद्धता जनाउनु भयो।
उक्त समारोहमा उहाँका छोरा ,नाति ,पलाती समेतको उपस्थिति रहेको शिक्षक ठाकुर प्रसाद पंथिले बताउनु भएको छ।