डिभर्नामा पाँच दिनदेखि विद्युत सेवा अवरुद्ध, स्थानीयबासी अन्धकारमा बस्न बाध्य

गोपाल प्रसाद भट्टराई
डिभर्ना,  अर्घाखाँची असार-२३ । अर्घाखाँचीको डिभर्नामा बिगत पांच दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।
 विद्युत् अवरोध भएसँगै गाउंका विद्यार्थीको पढाइमा धेरै समस्या भएको छ । विद्युत सेवा अबरुद्ध भएसंगै डिभर्नाका सर्वसाधारण समेत अन्धकारमा बस्न बाध्य भएको स्थानियको गुनासो रहेको छ । जिल्ला सदरमुकाम सन्धिखर्क १२ मा पर्ने सल्लिकोटमा रहेको ट्रान्समिटर जलेर बिग्रीएपछि बिद्धुत सेवा अबरुद्ध भएको हो । 
ट्रान्समिटर जलेसंगै डिभर्नाका सल्लिकोट,टाकुरा,चिल्याथुम,जिमुरथुम,कल्लबोट,झेडी,परालीखर्क,माझघर लगायतका टोलमा अन्धकार भएको पत्रकार समेत रहनुभएका स्थानिय बिक्रम पाण्डे समानताले जानकारी दिनुभएको छ । पांच दिन सम्म लगातार बिद्धुत सेवा अबरुद्ध हुंदा पनि सरोकारवाला पक्षले कुनै चांसो नदेखाएको स्थानियको गुनासो रहेको छ । 
यता विद्युत प्राधिकरण अर्घाखाँचीका प्रमुख बिरमान रास्कोटीले भने सल्लिकोटमा बिग्रीएको ट्रान्स मिटरलाई निकालिएको र नयाँ ट्रान्स मिटरको माग गरेको जानकारी दिनुभएको छ ।“ट्रान्समिटर जलेको छ नयां फेनुपर्छ,प्राधिकरण प्रमुख रास्कोटीले भन्नुभयो“नयां ट्रान्समिटर बुटवलबाट झिकाएका छौं,सके सम्म छिटो ल्याउने छौं,ट्रान्समिटर आएपछि समस्या हल हुनेछ ।” बिद्युत सेवा अबरुद्ध भएसंगै मोवाईल चार्ज गर्न,कुटानी पिसानी गर्न,ब्याबसायिक कुखुरा पालकका कुखुरा बंचाउन र बिद्यार्थीलाई पढ्न निकै समस्या परेको डिभर्नाबासीको गुनासो रहेको छ ।
 बिद्युत सेवा अबरुद्ध भएसंगै स्थानियले भोगेको पिडा आफ्नै पिडा भएको भन्दै डिभर्नाका वडा अध्यक्ष नारायण खड्काले विद्युत बितरण केन्द्र अर्घाखाँचीमा पटक-पटक ध्यानाकर्षण गराएको जानकारी दिनुभएको छ ।“म बिद्युत केन्द्र अर्घाखाँचीलाइ भनिराखेको छु,वडा अध्यक्ष खड्काले भन्नुभयो,“ट्रान्स मिटर छिटो भन्दा छिटो उपलब्ध गराउन थप आग्रह गर्नेछु ।”

अन्य समाचारहरु